हितोपदेश १५:१-३३
१५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+
तर कठोर* बोलीले रिस उठाउँछ।+
२ बुद्धिमान्को बोलीमा उसको ज्ञान झल्किन्छ+
तर मूर्खको बोलीमा उसको मूर्खता देखिन्छ।
३ यहोवाको नजर सर्वत्र रहन्छ,
असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+
४ मीठो बोली* जीवनको रूख हो+
तर छली बोलीले निराश बनाउँछ।*
५ मूर्खले आफ्नो बुबाको अर्तीलाई* तुच्छ ठान्छ+
तर अरूले सच्याउँदा* चतुर मानिसले स्विकार्छ।+
६ धर्मी मानिसको घर धनसम्पत्तिले भरिएको हुन्छ
तर दुष्टको कमाइले दुःख ल्याउँछ।+
७ बुद्धिमान् मानिसले आफ्नो बोलीले ज्ञान फैलाउँछ+
तर मूर्खको मनमा भने त्यसो गर्ने विचारै हुँदैन।+
८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+
तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+
९ दुष्टको चाललाई यहोवा घृणा गर्नुहुन्छ+
तर धार्मिकताको बाटोमा हिँड्ने मानिसलाई उहाँ मन पराउनुहुन्छ।+
१० जसले सही बाटो त्याग्छ, उसले अर्तीलाई* तुच्छ ठान्छ;+
जसले सुधारलाई घृणा गर्छ, उसले ज्यान गुमाउँछ।+
११ चिहान* र विनाशको खाडल* त यहोवाको नजरमा उदाङ्ग छन् भने+
मानिसको हृदय उहाँसामु झन् कत्ति उदाङ्ग होला!+
१२ अहङ्कारी मानिसले आफ्नो गल्ती देखाइदिने* मानिसलाई मन पराउँदैन;+
उसले बुद्धिमान् मानिससित सरसल्लाह गर्दैन।+
१३ आनन्दित हृदयले अनुहार उज्यालो बनाउँछ
तर हृदयको पीडाले मानिसलाई गलाउँछ।+
१४ समझदार मानिसले ज्ञानको खोजी गर्छ+
तर मूर्खले भने मूर्ख कुराहरू नै खोज्छ।+
१५ दुःखमा परेकाहरूलाई हरेक दिन दुःखै हुन्छ+
तर हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।+
१६ धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+
थोरै हुनु तर यहोवाको डर मान्नु बेस हो।+
१७ घृणाले भरिएको घरमा मासु* खानुभन्दा
प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।+
१८ तातो रिस भएको मानिसले कलह मच्चाउँछ+
तर हतपती नरिसाउने मानिसले झगडा शान्त पार्छ।+
१९ अल्छी मानिसले आफ्नो बाटोभरि काँडैकाँडा देख्छ+
तर सोझो मानिसको बाटो राजमार्गजस्तै सम्म हुन्छ।+
२० बुद्धिमान् छोराले आफ्नो बुबालाई आनन्दित बनाउँछ+
तर मूर्ख छोराले आफ्नी आमालाई तुच्छ ठान्छ।+
२१ सुझबुझ नभएको मानिस आफ्नो मूर्खतामा रमाउँछ+
तर समझदार मानिस सही बाटोमा हिँड्छ।+
२२ सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ
तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।+
२३ उचित जवाफ दिँदा मानिस खुसी हुन्छ+
अनि ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!+
२४ अन्तर्दृष्टि* भएको मानिस जीवन दिने बाटोतर्फ उक्लन्छ,+
ऊ तल चिहानतर्फ* लैजाने बाटोमा जाँदैन।+
२५ यहोवाले घमन्डीको घर भत्काउनुहुन्छ+
तर उहाँले विधवाको साँध-सिमाना कसैलाई मिच्न दिनुहुन्न।+
२६ दुष्टको षड्यन्त्रलाई यहोवा घृणा गर्नुहुन्छ+
तर मीठा वचन उहाँको नजरमा शुद्ध छन्।+
२७ बेइमानी गरेर कमाउने मानिसले परिवारमा समस्या* ल्याउँछ+
तर घुस खान इन्कार गर्ने मानिसको आयु लामो हुन्छ।+
२८ धर्मी मानिसले सोचविचार गरेर मात्र जवाफ दिन्छ+
तर दुष्ट मानिसले खराब कुरा बोलिहाल्छ।
२९ यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ
तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्नुहुन्छ।+
३० हँसिलो मुहारले* हृदय खुसी बनाउँछ;
शुभसमाचारले शरीर फुर्तिलो बनाउँछ।*+
३१ जसले जीवन बचाउने सुधार स्विकार्छ,
ऊ बुद्धिमान् मानिसहरूमध्ये गनिन्छ।+
३२ अनुशासन नस्विकार्ने मानिसले आफ्नो जीवनलाई घृणा गर्छ+
तर सुधार स्विकार्ने मानिसले बुद्धि प्राप्त गर्छ।+
३३ यहोवाको डर मान्ने मानिसले बुद्धिमान् हुन सिक्छ+
अनि नम्र मानिसले आदर कमाउँछ।+
फुटनोटहरू
^ वा “घोच्ने।”
^ वा “नरम।”
^ शा., “निको पार्ने जिब्रो।”
^ शा., “मन भाँचिदिन्छ।”
^ वा “अनुशासनलाई।”
^ वा “सुधार्दा।”
^ वा “अनुशासनलाई।”
^ हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्।
^ वा “सुधार्ने।”
^ शा., “मोटोघाटो बहर।”
^ वा “आन्तरिक चेतना।”
^ वा “अपमान।”
^ शा., “चम्किलो आँखाले।”
^ शा., “हड्डी मोटो बनाउँछ।”