हितोपदेश २०:१-३०
२० मद्यले बदख्वाइँ गर्छ,+ रक्सीले होहल्ला मच्चाउँछ;+
जो यसको पछि लाग्छ, त्यो मूर्ख हो।+
२ राजाको क्रोध सिंहको गर्जनजस्तै हो,+
राजालाई रिस उठाउनेले आफ्नो ज्यान खतरामा पार्छ।+
३ झगडाबाट टाढै रहने मानिसले आदर कमाउँछ+
तर मूर्ख भने झगडामा फस्छ।+
४ अल्छीले हिउँदमा खेत जोत्दैन;
त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्छ।*+
५ मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो
तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
६ दयालु छु* भन्दै हिँड्ने मानिस थुप्रै हुन्छन्
तर साँच्चै दया देखाउने मानिस कमै भेटिन्छ।
७ धर्मी मानिस इमानदार* भई हिँड्छ+
अनि उसका सन्तान* सुखी हुन्छन्।+
८ न्याय गर्न राजा सिंहासनमा बस्दा+
तिनको एकै नजरले असल र खराब छुट्ट्याउँछ।+
९ कसले भन्न सक्छ: “मेरो हृदय सफा छ,+
मेरो पाप मेटियो?”+
१० बेइमानीको ढक र गलत नाप*
—यी दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।+
११ बालकसमेत उसको व्यवहारबाटै चिनिन्छ,
उसको चालचलन शुद्ध र असल छ कि छैन, त्यो थाह हुन्छ।+
१२ सुन्ने कान र हेर्ने आँखा
—दुवै बनाउने यहोवा नै हुनुहुन्छ।+
१३ निद्रालाई प्यारो नठान नत्र तिमी कङ्गाल हुनेछौ।+
जागा बस अनि तिमी कहिल्यै भोको बस्नुपर्नेछैन।+
१४ किन्ने मान्छे भन्छ, “अहँ! हुँदैन। महँगो भयो!”
तर त्यहाँबाट गइसकेपछि भने त्यो सामान सस्तोमा किनेकोमा फुर्ती लगाउँछ।+
१५ बहुमूल्य सुन र मुगा* प्रशस्त पाइन्छ
तर ज्ञानले भरिएको बोली तीभन्दा अनमोल हुन्छ!+
१६ अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्तिको लुगा बन्धकी राख+
तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+
१७ छल गरेर कमाएको भोजन सुरुमा मीठो हुन्छ
तर पछिचाहिँ ढुङ्गा चपाएझैँ हुन्छ।+
१८ सरसल्लाह गरेर बनाएको योजना सफल हुन्छ;+
सही निर्देशन* खोजेर युद्ध लड।+
१९ निन्दा गर्ने मानिसले गोप्य कुरा सुनाउँदै हिँड्छ;+
कुरौटेसित सङ्गत नगर।
२० जसले आफ्नो बुबा र आमालाई सराप्छ,
अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+
२१ लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट
अन्तमा केही आशिष् पाइँदैन।+
२२ यसो नभन्नू: “म बदला नलिई कहाँ छाड्छु र!”+
यहोवामा भरोसा राख,+ उहाँले तिमीलाई बचाउनुहुनेछ।+
२३ बेइमानीको ढकलाई* यहोवा घृणा गर्नुहुन्छ
अनि छलको तराजु पनि उहाँलाई मन पर्दैन।
२४ मानिसको हरेक पाइलालाई यहोवाले डोऱ्याउनुहुन्छ;+
मानिसलाई आफ्नो बाटो कहाँ थाह हुन्छ र!
२५ सोचविचारै नगरी भाकल गरेर त्यसलाई “पवित्र!” भन्नु+
तर पछि मात्र त्यसबारे सोच्न थाल्नु मानिसको लागि पासो हो।+
२६ बुद्धिमान् राजाले दुष्टहरूलाई निफन्छन्+
अनि तिनीहरूमाथि दाइँ गर्छन्।+
२७ मानिसको सास यहोवाको बत्ती हो,
मानिसको मनभित्र के छ, त्यसले प्रकट गर्छ।
२८ अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+
अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्।+
२९ जवान मानिसहरूको गौरव उनीहरूको बल हो+
अनि फुलेको केश बूढापाकाको शोभा हो।+
३० मुक्का र चोटले खराबीलाई पखाल्छ+
अनि पिटाइले मानिसलाई भित्रैदेखि सुधार्छ।
फुटनोटहरू
^ वा सम्भवतः “उसले कटनीको समयमा अन्न खोज्नेछ तर केही भेट्टाउनेछैन।”
^ वा “अटल प्रेम देखाउँछु।”
^ वा “निष्ठावान्।”
^ शा., “छोराहरू।”
^ वा “दुई फरक तौलको ढक र सानो-ठूलो मानापाथी।”
^ शा., “विदेशी।”
^ वा “बुद्धिमानी डोऱ्याइ।”
^ वा “दुई फरक तौलको ढकलाई।”