हितोपदेश ४:१-२७
४ हे मेरो छोरा,* आफ्नो बुबाको अर्ती सुन,*+ध्यान दिएर सुन अनि समझ प्राप्त गर।
२ म तिमीलाई असल कुरा सिकाउँछु;मेरो शिक्षा नत्याग।+
३ म मेरो बुबाको असल छोरा थिएँ+र मेरी आमाको प्यारो छोरा।+
४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+
मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+
५ बुद्धि हासिल गर; समझ हासिल गर।+
मैले भनेका कुराहरूलाई बेवास्ता नगर, ती नबिर्स।
६ बुद्धिलाई नत्याग, त्यसले तिम्रो रक्षा गर्नेछ।
त्यसलाई माया गरेर राख, त्यसले तिमीलाई जोगाउनेछ।
७ बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो;+ त्यसैले बुद्धि हासिल गर,हरहालतमा समझ हासिल गर।+
८ बुद्धिलाई अनमोल ठान र त्यसले तिम्रो उन्नति गराउनेछ।+
तिमीले त्यसलाई अङ्गाल्यौ भने त्यसले तिम्रो मान बढाउनेछ।+
९ त्यसले तिम्रो शिरमा सुन्दर ताज लगाइदिनेछ;र तिमीलाई शोभाको मुकुट पहिराइदिनेछ।”
१० हे मेरो छोरा, मैले भनेका कुराहरू सुन्यौ र मान्यौ भनेतिमी दीर्घायु हुनेछौ।+
११ म तिमीलाई बुद्धिको मार्गमा हिँड्न सिकाउँछु;+म तिमीलाई ठीक बाटोमा डोऱ्याउँछु।+
१२ तिमी हिँड्दा कुनै कुराले तिम्रो पाइलालाई छेक्नेछैन;तिमी दौडँदा ठेस लागेर लड्नेछैनौ।
१३ मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+
त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+
१४ दुष्टको मार्गमा तिमी नलाग,खराब मानिसको बाटोमा नहिँड।+
१५ त्यस्तो बाटोबाट टाढै बस, त्यसमा पाइला नहाल;+त्यतातिर हेर्दा पनि नहेर, आफ्नो बाटो लाग।+
१६ खराब काम नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन;
कसैलाई बरबाद नपारेसम्म तिनीहरू सुत्नै सक्दैनन्।
१७ तिनीहरू लुटको धनले हासिल गरेको रोटी खान्छन्र हिंसाको कमाइले रक्सी पिउँछन्।
१८ धर्मीको बाटो बिहानको उज्यालोजस्तै* हो;मध्याह्न नभएसम्म त्यो झन्झनै चहकिलो हुँदै जान्छ।+
१९ दुष्टको बाटो रातको अन्धकारजस्तै हो;केमा ठेस लाग्ने हो, तिनीहरूलाई पत्तै हुँदैन।
२० हे मेरो छोरा, मेरो कुरामा ध्यान देऊ;मैले भनेका कुराहरूमा कान थाप।
२१ ती कुराहरू नबिर्स;त्यसलाई हृदयमा सङ्गालेर राख।+
२२ किनभने जसले ती कुराहरू भेट्टाउँछ, ऊ दीर्घायु हुन्छ+र उसको पूरै शरीर स्वस्थ हुन्छ।
२३ अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख+किनकि त्यो सारा जीवनको मूल हो।
२४ तिम्रो मुखबाट बाङ्गो कुरा ननिस्कोस्+र तिम्रो जिब्रोले छली कुरा नगरोस्।
२५ तिम्रो आँखाले सीधा अगाडि हेरोस्;तिम्रो आँखाले एकटक लगाएर अगाडि हेरोस्।+
२६ आफ्नो बाटो सम्म बनाऊ*+अनि तिम्रो गोडाले ठेस खानेछैन।
२७ तिमी दायाँ वा बायाँ नलाग।+
गलत बाटोमा हिँड्नदेखि आफ्नो पाइलालाई रोक।
फुटनोटहरू
^ वा “छोराहरू।”
^ शा., “अनुशासन सुन।”
^ वा “घामजस्तै।”
^ वा सम्भवतः “आफ्नो बाटोबारे राम्ररी विचार गर।”