होसे ११:१-१२

  • इस्राएल ठिटै छँदादेखि ऊप्रति परमेश्‍वरको माया (१-१२)

    • “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ” ()

११  “इस्राएल ठिटै छँदा मैले उसलाई माया गरेँ,+ मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।+  २  उनीहरूले* तिनीहरूलाई जति धेरै बोलाए, तिनीहरू उनीहरूबाट त्यति नै टाढा गए।+ तिनीहरूले बाआलका मूर्तिहरूलाई बलि चढाउन छोडेनन्‌;+ खोपिएका मूर्तिहरूलाई पनि बलि चढाइरहे।+  ३  तर एप्रैमलाई हिँड्‌न मैले नै सिकाएको थिएँ;+ मैले तिनीहरूलाई मेरो अङ्‌गालोमा लिएँ;+ तर मैले नै तिनीहरूलाई निको पारेको हुँ भनेर तिनीहरूले स्विकारेनन्‌।  ४  मानिसको डोरीले* जस्तै मैले तिनीहरूलाई मायाको डोरीले मतर्फ खिचेँ;+ मैले तिनीहरूको गर्दनबाट जुवा उतारिदिएँ अनि माया गरेर तिनीहरू हरेकलाई खानेकुरा दिएँ।  ५  तिनीहरू मिश्र फर्कनेछैनन्‌ तर अस्सेरिया तिनीहरूको राजा हुनेछ+ किनकि तिनीहरूले मलाई तिरस्कार गरे।+  ६  अनि तिनीहरूका सहरहरूमा तरबार चल्नेछ;+ तिनीहरूले षड्‌यन्त्रहरू रचेकोले तिनीहरूका सहरहरूका मूलढोकाका गजबारहरू भत्काइनेछन्‌ र सहरहरू नाश गरिनेछन्‌।+  ७  मेरा मानिसहरूले मलाई विश्‍वासघात गर्ने मन बनाइसकेका छन्‌।+ उनीहरूले तिनीहरूलाई माथि बोलाए* तर कोही उठेनन्‌।  ८  हे एप्रैम, म तिमीलाई कसरी त्याग्न सक्छु र?+ हे इस्राएल, म तिमीलाई कसरी शत्रुको हातमा सुम्पन सक्छु र? म तिमीलाई कसरी अदमाहलाई जस्तो व्यवहार गर्न सक्छु र? म तिमीलाई कसरी जेबोयिमजस्तो बनाउन सक्छु र?+ मैले आफ्नो मन परिवर्तन गरेको छु; ममा दया पनि जागेको छ।+  ९  म आफ्नो दन्केको रिस तिमीहरूमाथि खन्याउनेछैनँ। म एप्रैमलाई फेरि नाश गर्नेछैनँ+ किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ; म तिमीहरूमाझ रहने पवित्र परमेश्‍वर हुँ अनि म तिमीहरूविरुद्ध क्रोधका साथ आउनेछैनँ। १०  तिनीहरू यहोवा परमेश्‍वरको पछिपछि हिँड्‌नेछन्‌ र उहाँ सिंहजस्तै गर्जनुहुनेछ;+ उहाँ गर्जनुहुँदा उहाँका सन्तान पश्‍चिमबाट थरथर काँप्दै आउनेछन्‌।+ ११  तिनीहरू मिश्रबाट निस्केर आउँदा तर्सिएको चराजस्तै र अस्सेरियाबाट निस्केर आउँदा तर्सिएको ढुकुरजस्तै काँप्नेछन्‌।+ अनि म तिनीहरूलाई तिनीहरूको आ-आफ्नो घरमा बसाल्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+ १२  “म एप्रैमको झूटले र इस्राएलको छलले घेरिएको छु।+ तर यहुदाचाहिँ अझै पनि परमेश्‍वरसँगसँगै हिँड्‌छ र ऊ महापवित्र परमेश्‍वरप्रति वफादार छ।”+

फुटनोटहरू

अर्थात्‌, इस्राएललाई सिकाउन पठाइएका भविष्यवक्‍ताहरू र अरू मानिसहरूले।
वा “दयाको डोरीले।” आमाबाबुले छोराछोरीलाई हिँड्‌न सिकाउँदा प्रयोग गर्ने डोरी।
अर्थात्‌, उच्च कोटीको उपासना गर्न बोलाए।