पहिलो इतिहास १:१-५४

  • आदमदेखि अब्राहामसम्म (१-२७)

  • अब्राहामका सन्तान (२८-३७)

  • एदोमीहरू, तिनीहरूका राजाहरू र नाइकेहरू (३८-५४)

१  आदम,सेत,+एनोस, २  केनान,महलालेल,+यारेद,+ ३  हनोक,+मतुसेलह,लेमेक,+ ४  नुह,+सेम,+ हाम र यापेत।+ ५  यापेतका छोराहरू गोमेर, मागोग, मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए। ६  गोमेरका छोराहरू अस्कनज, रिपथ र तोगार्मा+ थिए। ७  याबानका छोराहरू एलिसाह, तर्सिस, कित्तिम र रोदानिम थिए। ८  हामका छोराहरू कुस,+ मिज्रेम, पत र कनान+ थिए। ९  कुसका छोराहरू सिबा,+ हविलाह, साब्ता, रामाह+ र साब्तका थिए। रामाहका छोराहरू सेबा र ददान+ थिए। १०  कुसबाट निम्रोद पनि जन्मिए।+ निम्रोद नै पृथ्वीका पहिलो वीर पुरुष थिए। ११  मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १२  पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए) र काफ्तोरिम+ जन्मिए। १३  कनानका जेठा छोरा सिदोन थिए।+ तिनका अर्का छोरा हेत थिए।+ १४  कनान नै यबुसीहरू,+ एमोरीहरू,+ गिर्गासीहरू,+ १५  हिव्वीहरू,+ अरकीहरू, सिनीहरू, १६  अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका पुर्खा थिए। १७  सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद, लुद र अराम अनि* उज, हुल, गेथेर र मस थिए।+ १८  अर्पक्षदबाट सेलह जन्मिए+ र सेलहबाट एबेर जन्मिए। १९  एबेरका दुई छोरा भए। एउटाको नाम पेलेग* थियो।+ किनकि तिनकै समयमा मानिसहरू यताउता छरिएका थिए।* अर्को छोराको नामचाहिँ योक्‍तान थियो। २०  योक्‍तानबाट अल्मोदाद, सेलेप, हासरमाबेथ, यरह,+ २१  हादोराम, उजाल, दिक्ला, २२  ओबाल, अबिमायल, सेबा, २३  ओपिर,+ हविलाह+ र योबाब जन्मिए। यिनीहरू सबै योक्‍तानका सन्तान थिए। २४  सेम,अर्पक्षद,सेलह, २५  एबेर,पेलेग,+रउ,+ २६  सरुग,+नाहोर,+तेरह,+ २७  अब्राम अर्थात्‌ अब्राहाम।+ २८  अब्राहामका छोराहरू इसहाक + र इस्माएल थिए।+ २९  तिनीहरूबाट यी कुलहरू बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्‌बेल, मिब्साम,+ ३०  मिस्मा, दुमा, मस्सा, हादद, तेमा, ३१  यतुर, नपिस अनि केद्‌मा। यिनीहरू नै इस्माएलका छोराहरू थिए। ३२  अब्राहामकी उपपत्नी केतुराहले+ जिम्रान, योक्षान, मदान, मिद्यान,+ इस्बाक र सुहलाई+ जन्माइन्‌। योक्षानका छोराहरू सेबा र ददान थिए।+ ३३  मिद्यानका छोराहरू एपा,+ एपेर, हानोक, अबिदा र एल्दाह थिए। यी सबै केतुराहका नातिहरू थिए। ३४  अब्राहामबाट इसहाक जन्मिए।+ इसहाकका छोराहरू एसाव+ र इस्राएल थिए।+ ३५  एसावका छोराहरू एलिपज, रुएल, यउस, यालाम र कोरह थिए।+ ३६  एलिपजका छोराहरू तेमान,+ ओमार, जिफो, गाताम, केनज, तिम्ना र अमालेक थिए।+ ३७  रुएलका छोराहरू नहथ, जेरह, साम्माह र मिज्जाह थिए।+ ३८  सेइरका+ छोराहरू लोतान, सोबाल, जिबोन, अना, दिसोन, एजेर र दिसन थिए।+ ३९  लोतानका छोराहरू होरि र होमाम थिए। लोतानकी बहिनी तिम्ना थिइन्‌।+ ४०  सोबालका छोराहरू अल्बान, मनहथ, एबाल, सेपो र ओनाम थिए। जिबोनका छोराहरू अय्या र अना थिए।+ ४१  अनाका छोरा दिसोन थिए। दिसोनका छोराहरू हेम्दान, एस्बान, इथ्रान र केरान थिए।+ ४२  एजेरका+ छोराहरू बिल्हान, जाभान र अकान थिए। दिसनका छोराहरू उज र अरान थिए।+ ४३  इस्राएलीहरूमाझ राजा नभएको बेला एदोममा+ भने राजाहरू थिए।+ ती राजाहरू यी थिए: बेअरका छोरा बेला; तिनी दिन्हाबाह सहरका थिए। ४४  बेलाको मृत्यु भएपछि बोज्राहमा+ बस्ने जेरहका छोरा योबाबले शासन गर्न थाले। ४५  योबाबको मृत्यु भएपछि तेमानीहरूको इलाकामा बस्ने हुसामले शासन गर्न थाले। ४६  हुसामको मृत्यु भएपछि बेददका छोरा हाददले शासन गर्न थाले। यिनी तिनै हादद थिए, जसले मोआबीहरूको इलाकामा मिद्यानलाई हराएका थिए। यिनी अविथ सहरका थिए। ४७  हाददको मृत्यु भएपछि मास्रेकाहमा बस्ने साम्लाहले शासन गर्न थाले। ४८  साम्लाहको मृत्यु भएपछि नदीनजिकै रेहोबोथ सहरमा बस्ने सावलले शासन गर्न थाले। ४९  सावलको मृत्यु भएपछि आक्बोरका छोरा बाआल-हानानले शासन गर्न थाले। ५०  बाआल-हानानको मृत्यु भएपछि हाददले शासन गर्न थाले। हादद पाउ सहरका थिए र तिनकी पत्नीको नाम मेहेताबेल थियो। उनी मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिइन्‌। ५१  अनि हाददको मृत्यु भयो। एदोमका नाइकेहरू* यी थिए: नाइके तिम्ना, नाइके अल्बा, नाइके यथेथ,+ ५२  नाइके ओहोलिबामाह, नाइके एलाह, नाइके पिनोन, ५३  नाइके केनज, नाइके तेमान, नाइके मिब्जार, ५४  नाइके मग्दिएल र नाइके इराम। यिनीहरू नै एदोमका नाइकेहरू थिए।

फुटनोटहरू

यिनीहरूचाहिँ अरामका छोराहरू हुन्‌। उत्प १०:२३ हेर्नुहोस्‌।
शा., “तिनकै समयमा पृथ्वी विभाजित भएको थियो।”
यसको अर्थ हो, “विभाजन।”
शा., “शेखहरू।” यसले कुलको नाइकेलाई जनाउँछ।