पहिलो इतिहास १८:१-१७
१८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर तिनीहरूलाई आफ्नो अधीनमा राखे। अनि दाउदले पलिस्तियालीहरूको हातबाट गाथ+ र त्यसवरपरका सहरहरू आफ्नो कब्जामा लिए।+
२ त्यसपछि दाउदले मोआबलाई हराए+ अनि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+
३ दाउदले हमाथनजिकै+ जोबाहका राजा+ हदद-एजेरलाई+ हराए। हदद-एजेर युफ्रेटिस नदीमाथि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+
४ दाउदले हदद-एजेरका १ हजार रथ, ७ हजार घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए।+ त्यसपछि तिनले रथ हाँक्ने १०० वटा घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+
५ दमिसकका सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+
६ त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।*+
७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए।
८ दाउदले हदद-एजेरका सहरहरू तिभाथ र कुनबाट प्रशस्तै तामा ल्याए। त्यही तामाबाट सुलेमानले ‘समुद्र’ भनिने विशाल खड्कुँलो,+ खम्बाहरू र अरू सरसामान बनाएका थिए।+
९ दाउदले जोबाहका राजा हदद-एजेरको पूरै सेनालाई हराए भनी हमाथका राजा तोउले सुने।+
१० तब तोउले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन तुरुन्तै आफ्नो छोरा हादोरामलाई पठाए किनकि राजा दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोउ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोउले यसो गरेका थिए।) हादोरामले आफूसित सुन, चाँदी र तामाबाट बनेका हरकिसिमका सरसामान पनि लगे।
११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्वरको निम्ति अर्पण गरे।*+ आफूले कब्जा गरेका सबै जातिबाट अर्थात् एदोम र मोआबबाट अनि अम्मोनीहरू,+ पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्वरको निम्ति अर्पण गरेका थिए।
१२ जेरुयाहका छोरा अबिसैले+ नुन बेँसीमा १८ हजार एदोमीलाई मारे।+
१३ उनले एदोममा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।+
१४ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति जे सही छ, त्यही गरे।+
१५ जेरुयाहका छोरा योआब दाउदको सेनापति थिए+ अनि अहिलुदका छोरा यहोसापात+ लेखनदास थिए।
१६ अहितुबका छोरा सादोक र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि साब्सा सचिव थिए।
१७ यहोयादाका छोरा बेनायाह कराथीहरू+ र पेलेथीहरूका* कप्तान थिए।+ राजा दाउदका छोराहरूचाहिँ तिनीपछिको दोस्रो दर्जामा थिए।
फुटनोटहरू
^ घुँडा पछाडिको मोटो नसो।
^ वा “तिनको उद्धार गर्नुभयो।”
^ शा., “पवित्र पारे।”
^ अर्थात्, दाउदका निजी अङ्गरक्षकहरूका।