पहिलो इतिहास ३:१-२४
३ दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्;
२ साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्।
३ ठाहिँला सेपत्याह, जसलाई अबितलले जन्माएकी थिइन् अनि कान्छा इथ्राम, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्।
४ दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+
५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्।
६ दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत,
७ नोगह, नेपेग, यापि,
८ एलिसामा, एलियादा र एलिपेलेत।
९ यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए।
१० सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए।
११ यहोसापातका छोरा यहोराम+ थिए। यहोरामका छोरा आहाज्याह+ थिए। आहाज्याहका छोरा यहोआस+ थिए।
१२ यहोआसका छोरा अमस्याह+ थिए। अमस्याहका छोरा अजर्याह+ थिए। अजर्याहका छोरा योताम+ थिए।
१३ योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए।
१४ मनस्सेका छोरा अमोन+ थिए। अमोनका छोरा योसियाह+ थिए।
१५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम।
१६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए।
१७ कैदी येकोनियाका छोराहरू यी थिए: सालतिएल,
१८ मल्किराम, पदायाह, सेनज्जर, यकम्याह, होसामा र नदब्याह।
१९ पदायाहका छोराहरू यरुबाबेल+ र सिमि थिए अनि यरुबाबेलका छोराहरू मेसुल्लाम र हानन्याह थिए। (सेलोमिथ तिनीहरूकी बहिनी थिइन्।)
२० पदायाहका अरू पाँच जना छोरा हसुबा, ओहेल, बरक्याह, हासदियाह र युसब-हेसेद थिए।
२१ हानन्याहका छोराहरू पलात्याह र यसायाह थिए। यसायाहका छोरा रफायाह थिए। रफायाहका छोरा अर्नान थिए। अर्नानका छोरा ओबदियाह थिए। ओबदियाहका छोरा सेकन्याह थिए।
२२ अनि सेकन्याहका सन्तान यी थिए: तिनका छोरा सेमायाह र सेमायाहका छोराहरू हात्तुस, इगाल, बारिआ, नरियाह र सापात। यिनीहरू जम्मा छ जना थिए।
२३ नरियाहका छोराहरू तीन जना थिए—एलियोनै, हिज्कियाह र अज्रिकाम।
२४ अनि एलियोनैका छोराहरू सात जना थिए—होदबियाह, एलियासिब, पलायाह, अक्कुब, योहानान, दलायाह र अनानी।