पहिलो इतिहास ४:१-४३

  • यहुदाका अरू सन्तान (१-२३)

    • याबेज र तिनको प्रार्थना (९, १०)

  • सिमियोनका सन्तान (२४-४३)

४  यहुदाका छोराहरू पेरेज,+ हेस्रोन,+ कर्मि, हुर+ र सोबाल+ थिए। २  सोबालका छोरा रायाहबाट याहथ जन्मिए। याहथबाट अहुमै र लाहद जन्मिए। तिनीहरू नै जोराथीहरूका घराना थिए।+ ३  एतामको+ बुबाका* छोराहरू यी थिए: यिज्रेल, इस्मा र इद्‌बास। (तिनीहरूकी बहिनीको नाम हज्जेलेपोनी थियो।) ४  गेदोरका बुबा पेनुएल र हुसाहका बुबा एजेर थिए। तिनीहरू हुरका+ छोराहरू थिए। हुर एप्राताका पहिलो सन्तान र बेतलेहेमका+ बुबा थिए। ५  तेकोका+ बुबा असहुरका+ दुइटी पत्नी थिए—हेलह र नाराह। ६  नाराहले असहुरबाट अहुज्जाम, हेपेर, तेमनि र हाहसतारिलाई जन्माइन्‌। यिनीहरू नै नाराहका छोराहरू थिए। ७  हेलहका छोराहरू जेरेथ, इजहार र एतनान थिए। ८  कोजबाट आनुब र सोबेबा जन्मिए। कोज हारुमका छोरा आहारेलको घरानाका पुर्खा पनि थिए। ९  याबेजले आफ्ना दाजुभाइले भन्दा धेरै सम्मान पाए। तिनकी आमाले यसो भन्दै तिनको नाम याबेज* राखेकी थिइन्‌: “मैले निकै पीडा सहेर उसलाई जन्माएँ।” १०  याबेजले इस्राएलका परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “हे परमेश्‍वर! मलाई आशिष्‌ दिनुहोस्‌। मलाई ठूलो इलाका दिनुहोस्‌। तपाईँको हात ममाथि रहोस्‌; मलाई विपत्तिबाट जोगाउनुहोस्‌। मलाई कुनै कुराले हानि पुऱ्‍याउन नपाओस्‌।” त्यसैले परमेश्‍वरले तिनले भनेझैँ गरिदिनुभयो। ११  सुहाका भाइ केलुबबाट महिर जन्मिए। महिर एस्तोनका बुबा थिए। १२  एस्तोनबाट बथ-रापा, पासेह र तहिन्‍नाह जन्मिए। तहिन्‍नाह इर-नाहासका बुबा थिए। यिनीहरू रेकाहका बासिन्दा थिए। १३  केनजका छोराहरू ओथ्निएल+ र सिरायाह थिए। ओथ्निएलका छोरा हाथाथ थिए। १४  मनोथैबाट ओप्रा जन्मिए। सिरायाहबाट योआब जन्मिए। योआब गे-हर्सिमका* बासिन्दाका पुर्खा थिए। त्यस ठाउँको नाम गे-हर्सिम राखिएको थियो किनकि त्यहाँका मानिसहरू शिल्पकार थिए। १५  यपुन्‍नेका छोरा कालेबका+ छोराहरू यी थिए: इरु, एलाह र नाआम। एलाहका छोरा केनज थिए। १६  यहले-लेलका छोराहरू जिफ, जिपाह, तिरिया र आसरेल थिए। १७  एज्राहका छोराहरू यथेर, मरेद, एपेर र यालोन थिए। उनी* गर्भवती भइन्‌ अनि मरियम, साम्मै र इस्बाहलाई जन्माइन्‌। इस्बाह एस्तेमोआका बुबा थिए। १८  (तिनकी यहुदी पत्नीले गेदोरका बुबा यरेद, सोकोका बुबा हेबेर र जानोहका बुबा यकुथिएललाई जन्माइन्‌।) यिनीहरू फारोकी* छोरी बिथियाहका छोराहरू थिए। बिथियाहलाई मरेदले विवाह गरेका थिए। १९  होदियाहकी पत्नीका छोराहरू गारेमी केइलाहका र माकाथी एस्तेमोआका बुबाहरू थिए। उनी नहमकी बहिनी थिइन्‌। २०  सिमोनका छोराहरू अम्नोन, रिन्‍नाह, बेन-हानान र तिलोन थिए। इसिका छोराहरू जोहेथ र बेन-जोहेथ थिए। २१  यहुदाका छोरा सेलहका+ सन्तान यी थिए: लेकाका बुबा एर, मारेसाहका बुबा लादाह, मलमल कपडा बनाउने अस्बेयाको घराना, २२  योकिम, कोजेबाका मानिसहरू, योआस, साराप, जसले मोआबी स्त्रीहरूसित विवाह गरेका थिए र यासुबि-लेहेम। यो पुरातन समयको विवरण हो। २३  तिनीहरू नै नेतैम र गेदेराहका कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसोबास गर्थे र राजाको निम्ति काम गर्थे। २४  सिमियोनका छोराहरू+ नमुएल, यामिन, यारिब, जेरह र सावल थिए।+ २५  सावलका छोरा साल्लुम थिए। साल्लुमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिस्मा थिए। २६  मिस्माका सन्तान यी थिए: तिनका छोरा हाम्मुएल, हाम्मुएलका छोरा जक्कुर र जक्कुरका छोरा सिमि। २७  सिमिका १६ जना छोरा र ६ जना छोरी थिए। तर तिनका दाजुभाइका छोराछोरी भने धेरै थिएनन्‌। यहुदाको वंशको मानिसहरूका जति धेरै छोराछोरी थिए, त्यति धेरै छोराछोरी तिनीहरूको कुनै परिवारमा थिएन।+ २८  तिनीहरू बेर्सेबा,+ मोलादाह,+ हजर-सुआल,+ २९  बिल्हा, एजेम,+ तोलाद, ३०  बतुएल,+ होर्माह,+ जिक्लग,+ ३१  बेथ-मर्काबोथ, हजर-सुसिम,+ बेथ-बिरी र सारैममा बसोबास गर्थे। दाउदको शासनकालसम्म यी सहरहरू तिनीहरूकै अधिकारमा थिए। ३२  साथै तिनीहरू यी पाँच सहर—एताम, ऐइन, रिम्मोन, तोकेन र असानमा+ बसोबास गर्थे। ३३  यी सहरहरूवरिपरि तिनीहरूका बस्ती पनि थिए र ती बाआलसम्मै फैलिएका थिए। तिनीहरूको वंशावली र तिनीहरू बसोबास गरेका ठाउँहरूको नाम यी नै हुन्‌। ३४  सिमियोनका अरू सन्तान यी थिए: मेसोबाब, याम्लेक, अमस्याहका छोरा योसाह, ३५  योएल, येहु, जो योसिब्याहका छोरा, सिरायाहका नाति र असिएलका पनाति थिए, ३६  एलियोनै, याकोबाह, यसोहयाह, असयाह, अदिएल, यसिमिएल, बेनायाह ३७  र जिजा, जो सिपिका छोरा थिए। (सिपि अल्लोनका छोरा थिए; अल्लोन यदायाहका छोरा थिए; यदायाह सिम्रिका छोरा थिए र सिम्रि सेमायाहका छोरा थिए।) ३८  तिनीहरू सबै आ-आफ्नो घरानाका नाइके थिए। तिनीहरूको पुर्खाको घराना झन्‌झन्‌ ठूलो हुँदै गयो। ३९  तिनीहरू आफ्नो बगालको निम्ति चरन खोज्दै बेँसीको पूर्वपट्टि, गेदोरको मूलढोकासम्मै पुगे। ४०  आखिरमा तिनीहरूले हराभरा र असल चरनहरू भएको ठाउँ भेट्टाए। त्यो ठाउँ ठूलो, शान्त र सुरक्षित थियो। पहिले त्यहाँ हामका सन्तान+ बसोबास गर्थे। ४१  यी मानिसहरू, जसको नामको सूची दिइएको छ, यिनीहरू यहुदाका राजा हिजकियाहको+ शासनकालमा त्यहाँ गए अनि त्यहाँ बसोबास गरिरहेका हामका सन्तान र म्युनीहरूका पालहरू नष्ट गरिदिए; आजसम्मै उनीहरूको नामोनिसान भेटिँदैन। त्यसपछि तिनीहरू उनीहरूको ठाउँमा बसोबास गर्न थाले किनकि तिनीहरूको बगालको निम्ति त्यहाँ चरनहरू थिए। ४२  इसिका छोराहरू पलात्याह, नरियाह, रफायाह र उज्जिएलको नेतृत्वमा ५०० जना सिमियोनीहरू सेइर डाँडामा+ गए। ४३  अनि तिनीहरूले उम्कन सफल भएका अमालेकीहरूलाई मारे।+ त्यसपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। तिनीहरू आजसम्मै त्यहीँ बसोबास गर्छन्‌।

फुटनोटहरू

यस अध्यायमा कुनै-कुनै नाम व्यक्‍तिको नभई सहरको हुन सक्छ। ती ठाउँहरूमा “बुबा” शब्दले “सहर स्थापना गर्ने व्यक्‍ति”-लाई जनाएको हुन सक्छ।
याबेज भन्‍ने नाम र “पीडा” अर्थ जनाउने हिब्रू शब्द मिल्दोजुल्दो छ।
यसको अर्थ हो “शिल्पकारहरूको बेँसी।”
यिनी पद १८ मा उल्लिखित बिथियाह हुन सक्छिन्‌।
मिश्रका राजाहरूको एउटा उपाधि।