पहिलो इतिहास ७:१-४०
७ इस्साकारका चार जना छोरा यी थिए: तोला, पुआ, यासुब र सिम्रोन।+
२ तोलाका छोराहरू उज्जि, रफायाह, यरिएल, याहमै, इब्साम र सेमुएल थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तोलाका सन्तान वीर योद्धाहरू थिए। दाउदको शासनकालमा तिनीहरूको सङ्ख्या २२ हजार ६ सय थियो।
३ उज्जिका सन्तान यी थिए: इज्रहियाह र इज्रहियाहका छोराहरू: माइकल, ओबदियाह, योएल र इसिया। यी पाँचै जना नाइके थिए।
४ तिनीहरूको बुबापट्टिको घरानाको वंशावलीअनुसार तिनीहरूको सैन्य दलमा युद्धको लागि तयार ३६ हजार योद्धा थिए। किनकि तिनीहरूका धेरै पत्नी र छोराहरू थिए।
५ तिनीहरूका दाजुभाइ अर्थात् इस्साकारको सबै घरानाका पुरुषहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा ८७ हजार जना थिए।+
६ बिन्यामिनका+ तीन जना छोरा यी थिए: बेला,+ बेकेर+ र यदिएल।+
७ अनि बेलाका पाँच जना छोरा थिए: एज्बोन, उज्जि, उज्जिएल, यरिमोथ र इरि। तिनीहरू सबै आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा २२ हजार ३४ जना थिए।+
८ बेकेरका छोराहरू यी थिए: जिमिराह, योआस, एलिएजर, एलियोनै, ओम्रि, यरेमोथ, अबियाह, अनातोत र अलेमेथ। तिनीहरू सबै बेकेरका छोराहरू थिए।
९ बुबापट्टिको घरानाका यी नाइकेहरूको वंशावलीअनुसार तिनीहरूको सन्तानको सङ्ख्या २० हजार २ सय थियो। तिनीहरू वीर योद्धा थिए।
१० यदिएलका+ सन्तान यी थिए: बिल्हान र बिल्हानका छोराहरू: यउस, बिन्यामिन, एहुद, केनाना, जेथान, तर्सिस र अहिसहर।
११ तिनीहरू सबै यदिएलका सन्तान थिए र आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरूको घरानामा युद्धमा जान तयार १७ हजार २ सय वीर योद्धा थिए।
१२ सुप्पीहरू र हुप्पीहरू* इरका सन्तान थिए+ अनि हुसीहरूचाहिँ अहेरका सन्तान थिए।
१३ नप्तालिका छोराहरू+ याहसिएल, गुनि, यसेर र साल्लुम थिए। तिनीहरू बिल्हाका सन्तान थिए।+
१४ मनस्सेका+ सन्तान यी थिए: अस्रिएल, जसलाई तिनकी सिरियाली उपपत्नीले जन्माएकी थिइन्। (उनले माकिरलाई+ जन्माइन्, जो गिलादका बुबा थिए।
१५ माकिरले हुप्पिमको अनि सुप्पिमको विवाह गराइदिए, जसकी बहिनीको नाम माकाह थियो।) तिनका अर्का सन्तान सलोफाद+ थिए। तर सलोफादका छोरीहरू मात्र थिए।+
१६ माकिरकी पत्नी माकाहले छोरा जन्माइन् र उसको नाम पेरेस राखिन्। पेरेसको भाइको नाम सेरेस थियो। तिनका छोराहरू उलाम र रेकेम थिए।
१७ उलामका छोरा बेदान थिए। यिनीहरू सबै गिलादका सन्तान थिए। गिलाद माकिरका छोरा र मनस्सेका नाति थिए।
१८ गिलादकी बहिनी हम्मोलेकेथ थिइन्। उनले इसोद, अबिएजेर र महलाहलाई जन्माइन्।
१९ सेमिदाका छोराहरू अहिआन, सकेम, लिखि र अनिआम थिए।
२० एप्रैमका+ सन्तान यी थिए: सुतेलह,+ सुतेलहका छोरा बरेद, बरेदका छोरा तहथ, तहथका छोरा एलादाह, एलादाहका छोरा तहथ,
२१ तहथका छोरा जबाद, जबादका छोरा सुतेलह अनि एजेर र एलाद। गाथका रैथानेहरू+ एप्रैमका सन्तानको वस्तुभाउ चोर्न गए अनि एजेर र एलादलाई मारे।
२२ तिनीहरूका बुबा एप्रैमले धेरै दिनसम्म शोक गरिरहे र तिनका दाजुभाइले तिनीकहाँ आएर तिनलाई सान्त्वना दिइरहे।
२३ पछि तिनले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भएर एउटा छोरा जन्माइन्। तर तिनले आफ्नो छोराको नाम बरियाह* राखे किनकि तिनको घरानामा विपत्ति आइपरेको बेला तिनकी पत्नीले बच्चा जन्माएकी थिइन्।
२४ तिनकी छोरी सिराह थिइन्। उनैले तल्लो+ र माथिल्लो बेथ-होरोन+ र उज्जेन-सेराह सहर बसालेकी थिइन्।
२५ यिनीहरू पनि एप्रैमका सन्तान थिए: तिनका छोरा रफा, रसेप, रसेपका छोरा तेलह, तेलहका छोरा तहान,
२६ तहानका छोरा लादान, लादानका छोरा अम्मिहुद, अम्मिहुदका छोरा एलिसामा,
२७ एलिसामाका छोरा नुन र नुनका छोरा यहोसु।*+
२८ एप्रैमका सन्तान बसोबास गर्ने इलाका यी थिए: बेथेल+ र त्यसवरपरका बस्तीहरू, पूर्वमा नारान, पश्चिममा गेजेर र त्यसवरपरका सहरहरू, सकेम र त्यसवरपरका सहरहरू अनि अय्याह* र त्यसवरपरका सहरहरूसम्मै,
२९ मनस्सेका सन्तानको इलाकाको छेउमा भएका बेथ-सेन+ र त्यसवरपरका सहरहरू, तानक+ र त्यसवरपरका सहरहरू, मगिद्दो+ र त्यसवरपरका सहरहरू अनि दोर+ र त्यसवरपरका सहरहरू। यी ठाउँहरूमा इस्राएलका छोरा युसुफका सन्तान बसोबास गर्थे।
३० असेरका छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह+ थिए। तिनीहरूकी बहिनी सेराह थिइन्।+
३१ बरियाहका छोराहरू हेबेर र मल्किएल थिए। मल्किएल बिर्जेथका बुबा थिए।
३२ हेबेरबाट याप्लेत, सोमेर, होताम अनि तिनीहरूकी बहिनी सुआ जन्मिए।
३३ याप्लेतका छोराहरू पासक, बिम्हाल र अस्वाथ थिए। तिनीहरू याप्लेतका छोराहरू थिए।
३४ सेमेरका* छोराहरू अहि, रोहगाह, यहुब्बा र अराम थिए।
३५ तिनका भाइ हेलेमका* छोराहरू जोपह, इम्ना, सेलेस र अमाल थिए।
३६ जोपहका छोराहरू यी थिए: सुअ, हार्नेपेर, सुआल, बरि, इम्राह,
३७ बेजेर, होद, साम्मा, सिल्सा, इथ्रान र बिरा।
३८ यथेरका छोराहरू यपुन्ने, पिस्पाह र अरा थिए।
३९ उल्लाका छोराहरू अराह, हान्निएल र रिजिया थिए।
४० तिनीहरू सबै असेरका सन्तान थिए। तिनीहरू आफ्ना बुबापट्टिको घरानाका नाइके, चुनिएका पुरुषहरू अनि वीर योद्धाहरू थिए। तिनीहरू सेनापतिका प्रमुखहरू थिए। वंशावलीअनुसार+ तिनीहरूको सैन्य दलमा २६ हजार पुरुष थिए,+ जो युद्धका लागि तयार थिए।
फुटनोटहरू
^ वा “सुप्पिम र हुप्पिम।”
^ यसको अर्थ हो “विपत्तिसँगै।”
^ वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”
^ वा सम्भवतः “गाजा।” तर यसले पलिस्तीहरूको देशमा पर्ने गाजालाई जनाउँदैन।
^ पद ३२ मा तिनलाई सोमेर भनिएको छ।
^ तिनी पद ३२ मा उल्लेख गरिएका “होताम” हुन सक्छन्।