पहिलो इतिहास ९:१-४४
९ सबै इस्राएलीको वंशावली उनीहरूको घरानाअनुसार तयार पारियो र त्यो ‘इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएको छ। यहुदाका मानिसहरू परमेश्वरप्रति वफादार नरहेकोले तिनीहरूलाई बेबिलोनमा बन्दी बनाएर लगियो।+
२ बन्दी बनाएर लगिएपछि सबैभन्दा पहिला आ-आफ्नो सहरमा, आ-आफ्नो इलाकामा फर्केर आउनेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू* थिए।+
३ यहुदा,+ बिन्यामिन,+ एप्रैम र मनस्सेका केही सन्तान यरुसलेममा बसोबास गर्न थाले। तिनीहरू यी थिए:
४ उथै, जो अम्मिहुदका छोरा थिए अनि अम्मिहुद ओम्रिका, ओम्रि इम्रिका, इम्रि बानिका छोरा थिए र बानि यहुदाका छोरा पेरेजका+ सन्तान थिए;
५ सिलोनीहरूबाट असयाह, जो पहिलो सन्तान थिए र तिनका छोराहरू।
६ जेरहका सन्तानबाट+ युएल र तिनीहरूका ६९० जना दाजुभाइ।
७ अनि बिन्यामिनको सन्तानबाट हास्सेनुहका पनाति, होदबियाहका नाति र मेसुल्लामका छोरा साल्लु;
८ यरोहामका छोरा इब्निया; मिक्रिका नाति र उज्जिका छोरा एलाह अनि इब्नियाहका पनाति, रुएलका नाति र सेपत्याहका छोरा मेसुल्लाम।
९ तिनीहरूको वंशावलीअनुसार तिनीहरूका दाजुभाइ ९५६ जना थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए।
१० अनि पुजारीहरूबाट यदायाह, यहोयारिब, याकिन,+
११ अजर्याह, जो हिल्कियाहका छोरा थिए अनि हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका, मरायोथ साँचो परमेश्वरको भवनका अगुवा अहितुबका छोरा थिए;
१२ आदायाह, जो यरोहामका छोरा, पासुहरका नाति र मल्कियाहका पनाति थिए; मासै, जो अदिएलका छोरा थिए अनि अदिएल याहजेराका, याहजेरा मेसुल्लामका, मेसुल्लाम मेसिलेमितका र मेसिलेमित इम्मेरका छोरा थिए;
१३ अनि तिनीहरू सबैका दाजुभाइ। उनीहरू जम्मा १ हजार ७ सय ६० जना थिए र उनीहरू आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। उनीहरू वीर र योग्य पुरुषहरू थिए अनि साँचो परमेश्वरको भवनमा सेवा गर्न तयार थिए।
१४ अनि लेवीहरूबाट सेमायाह,+ जो हास्सुबका छोरा, अज्रिकामका नाति र मरारिका सन्तान हासबियाहका पनाति थिए;
१५ बक्बक्कर, हेरेस, गालाल, मत्तन्याह, जो मिकाका छोरा, जिक्रिका नाति र आसापका पनाति थिए;
१६ ओबदियाह, जो सेमायाहका छोरा, गालालका नाति र यदुथुनका पनाति थिए अनि बरक्याह, जो आसाका छोरा र एल्कानाका नाति थिए। बरक्याह नेतोफाहीहरूको बस्तीमा बस्थे।+
१७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए।
१८ त्यसअघि साल्लुमले पूर्वतिर राजाको ढोकामा पहरा दिन्थे।+ तिनीहरू लेवीहरूको छाउनीका ढोके थिए।
१९ कोरहका पनाति, एबिआसापका नाति र कोरेका छोरा साल्लुम अनि तिनको बुबापट्टिको घरानाका दाजुभाइ अर्थात् कोरहका सन्तान छाउनीको ढोके थिए र तिनीहरू यस सेवासित सम्बन्धित कामकुराको निरीक्षण पनि गर्थे। पहिले तिनीहरूका पुर्खाहरूले पनि यहोवा परमेश्वरको छाउनीको प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्थे र छाउनीको निगरानी गर्थे।
२० पहिले एलियाजारका+ छोरा पिनहास+ तिनीहरूका अगुवा थिए र यहोवा परमेश्वर उनीसित हुनुहुन्थ्यो।
२१ मेसेलेम्याहका छोरा जकरियाले+ भेट हुने पालको प्रवेशद्वारमा पहरा दिन्थे।
२२ प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्न छानिएकाहरू जम्मा २१२ जना थिए। वंशावलीमा जुन क्रममा उनीहरूको नाम लेखिएको थियो, त्यसैअनुसार उनीहरू आ-आफ्नो बस्तीमा बस्थे।+ उनीहरूलाई दाउद र दर्शी+ समुएलले नियुक्त गरेका थिए किनकि उनीहरू भरोसायोग्य थिए।
२३ उनीहरू र उनीहरूका छोराहरूलाई यहोवा परमेश्वरको भवनको+ अर्थात् वासस्थानको प्रवेशद्वारको निगरानी गर्ने जिम्मेवारी दिइएको थियो।
२४ ती ढोकेहरूले चारै दिशामा—पूर्व, पश्चिम, उत्तर र दक्षिणमा पहरा दिन्थे।+
२५ समय-समयमा उनीहरूका दाजुभाइ आ-आफ्नो बस्तीबाट आउनुपर्थ्यो र सात दिनसम्म उनीहरूसितै सेवा गर्नुपर्थ्यो।
२६ त्यहाँ चार जना मानिसलाई मुख्य ढोकेको जिम्मा सुम्पिइएको थियो किनकि तिनीहरू भरोसायोग्य थिए। तिनीहरू लेवी थिए र तिनीहरूले साँचो परमेश्वरको भवनका कोठाहरू* र भण्डारको रेखदेख गर्थे।+
२७ तिनीहरू साँचो परमेश्वरको भवनको चारैतिर आ-आफ्नो ठाउँमा तैनाथ हुन्थे र रातभरि पहरा दिन्थे किनकि यही नै तिनीहरूको जिम्मेवारी थियो। भवनको साँचो पनि तिनीहरूकै जिम्मामा दिइएको थियो र तिनीहरूले नै हरेक बिहान भवनको ढोका खोल्ने गर्थे।
२८ तिनीहरूमध्ये केहीले परमेश्वरको सेवामा प्रयोग गरिने सरसामानहरूको रेखदेख गर्थे।+ ती सरसामानहरू भवनभित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ती गन्थे।
२९ तिनीहरूमध्ये केहीले चाहिँ अरू सरसामान, सबै पवित्र सरसामान+ अनि मसिनो पीठो,+ दाखमद्य,*+ तेल,+ सेतो धूप*+ र बाल्सम तेलको*+ निगरानी गर्ने जिम्मा पाएका थिए।
३० पुजारीहरूका केही सन्तानले चाहिँ बाल्सम तेलको अत्तर बनाउँथे।
३१ कोरहका सन्तान साल्लुमका पहिलो सन्तान लेवी मत्तित्याहले ताप्केमा रोटी पकाउने कामको+ निगरानी गर्ने जिम्मा पाएका थिए किनकि उनी भरोसायोग्य थिए।
३२ तिनीहरूका केही कोहाती दाजुभाइलाई चाहिँ हरेक विश्रामदिनमा*+ भेटीको रोटी* पकाउने कामको निगरानी गर्ने जिम्मा दिइएको थियो।+
३३ तिनीहरू गायक थिए र लेवीहरूको बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू परमेश्वरको भवनका कोठाहरूमा* बस्थे र तिनीहरूले अरू कामबाट छुट पाएका थिए किनकि तिनीहरूलाई जुन काम सुम्पिइएको थियो, त्यो काम तिनीहरूले रातदिन गर्नुपर्थ्यो।
३४ तिनीहरूको वंशावलीअनुसार तिनीहरू लेवीहरूको बुबापट्टिको घरानाका नाइके र अगुवा थिए। तिनीहरू यरुसलेममा बसोबास गर्थे।
३५ यइएल गिबोनमा बस्थे।+ तिनले नै त्यो सहर बसालेका थिए। तिनकी पत्नीको नाम माकाह थियो।
३६ तिनका छोराहरू यी थिए: जेठा अब्दोन, त्यसपछि जुर, किस, बाआल, नेर, नादाब,
३७ गेदोर, अहियो, जकरिया र मिक्लोथ।
३८ मिक्लोथबाट सिमेम जन्मिए। तिनीहरू सबै यरुसलेममा आफ्ना दाजुभाइ बसेको इलाकानजिकै बस्थे। तिनीहरूका अरू दाजुभाइ पनि तिनीहरूकै वरपर बस्थे।
३९ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल जन्मिए।
४० जोनाथनका छोरा मरिब-बाआल थिए।+ मरिब-बाआलबाट मिका जन्मिए।+
४१ मिकाका छोराहरू यी थिए: पिथोन, मलेक, तहरे र आहाज।
४२ आहाजबाट यारा जन्मिए। याराबाट अलेमेथ, अज्मावेथ र जिम्रि जन्मिए। जिम्रिबाट मोजा जन्मिए।
४३ मोजाबाट बिनिया जन्मिए। बिनियाबाट रफायाह जन्मिए। रफायाहबाट एलेसाह जन्मिए। एलेसाहबाट अजेल जन्मिए।
४४ अजेलका जम्मा छ जना छोरा थिए—अज्रिकाम, बोकरु, इस्माएल, सेर्याह, ओबदियाह र हानान। यिनीहरू सबै अजेलका छोराहरू थिए।
फुटनोटहरू
^ वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
^ वा “भोजनकक्षहरू।”
^ कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
^ अङ्गुरबाट बनेको रक्सी।
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्।
^ वा “भोजनकक्षहरूमा।”