पहिलो तिमोथि १:१-२०

  • अभिवादन (१, २)

  • झूटा शिक्षकहरूदेखि होसियार रहन चेतावनी (३-११)

  • पावललाई देखाइएको असीम अनुग्रह (१२-१६)

  • युगयुगका महाराजा (१७)

  • ‘असल लडाइँ लड’ (१८-२०)

१  हाम्रा उद्धारक परमेश्‍वर अनि हाम्रा आशा+ ख्रिष्ट येसुको आज्ञाबमोजिम म पावल, ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २  र म विश्‍वासमा मेरो साँचो छोरा+ तिमोथिलाई*+ यो पत्र लेख्दै छु। परमेश्‍वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्‌। ३  म म्यासिडोनियातर्फ जान लाग्दा मैले तिमीलाई एफिससमै बस्ने प्रोत्साहन दिएको थिएँ र अहिले पनि त्यसै गर्ने प्रोत्साहन दिन्छु ताकि तिमीले केही मानिसलाई के आज्ञा दिन सक भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन्‌ ४  अनि झूटा कथाहरूमा+ र वंशावलीहरूमा ध्यान नदेऊन्‌। ती कुराहरूबाट केही फाइदा हुँदैन;+ ती कुराहरूले विश्‍वासलाई बलियो बनाउने परमेश्‍वरका कुराहरू प्रदान गर्नुको सट्टा अडकलबाजीलाई मात्र बढवा दिन्छ। ५  वास्तवमा यो निर्देशनको* उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+ ६  यी कुराहरूबाट तर्केर कोही-कोही व्यर्थको गफ+ गर्नतिर लागेका छन्‌। ७  तिनीहरू व्यवस्थाको शिक्षक हुन चाहन्छन्‌+ तर आफूले भनेको वा जिद्दी गरेको कुरा आफैले बुझ्दैनन्‌। ८  हामीलाई थाह छ, मोसाको व्यवस्था राम्रो छ तर यति हो कि यसलाई ठीकसित पालन गर्नुपर्छ ९  अनि यो कुरा पनि मनमा राख्नुपर्छ कि व्यवस्था धर्मी मानिसका लागि होइन तर यस्ता मानिसहरूका लागि हो: कुकर्मी+ र विद्रोही, भक्‍तिहीन र पापी, विश्‍वासघाती* र पवित्र कुरालाई तुच्छ ठान्‍ने, आमाबुबाको हत्या गर्ने, ज्यानमारा, १०  अवैध यौनसम्बन्ध* राख्ने, समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुष,* अपहरणकारी, झूट बोल्ने, आफ्नो कसम तोड्‌ने* अनि साँचो* शिक्षाविपरीत अरू सबै काम गर्नेहरू।+ ११  यो शिक्षा आनन्दित परमेश्‍वरको महिमित सुसमाचारअनुरूप छ, जुन सुसमाचार मलाई सुम्पिइएको थियो।+ १२  मलाई शक्‍ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभयो।+ १३  हुनत पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्‍वास थिएन। १४  तर मैले प्रशस्तगरि हाम्रा प्रभुको असीम अनुग्रह पाउनुका साथै ख्रिष्ट येसुमा भएको मेरो विश्‍वास र प्रेम पनि बढ्‌यो। १५  यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+ १६  तैपनि ममाथि कृपा देखाइयो ताकि म, जो पापीहरूमध्ये मुख्य हुँ, मद्वारा ख्रिष्ट येसुले आफ्नो सारा धीरज देखाउन सकून्‌ अनि अनन्त जीवन पाउन उहाँमाथि विश्‍वास गर्नेजति सबैको निम्ति+ म उदाहरण हुन सकूँ। १७  युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन। १८  हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्‌दै जाऊ,+ १९  विश्‍वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भएको छ। २०  हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन्‌ र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन्‌ र ईश्‍वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्‌।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
यसको अर्थ हो, “परमेश्‍वरको आदर गर्ने व्यक्‍ति।”
वा “आज्ञाको।”
वा “अटल प्रेम नभएका।”
वा “स्वस्थकर; लाभदायी।”
वा “झूटो कसम खाने।”
वा “पुरुषसित यौनसम्बन्ध राख्ने पुरुष।”
शब्दावली हेर्नुहोस्‌।