पहिलो समुएल ३१:१-१३
-
साउल र तिनका तीन जना छोराको मृत्यु (१-१३)
३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए।
२ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे।
३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई गम्भीर घाइते बनाइदिए।+
४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू+ आएर मलाई क्रूरतापूर्वक मार्नेछन्।” तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+
५ साउल मरेको+ देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्यो।
६ यसरी साउल, तिनका तीन जना छोरा, तिनको हतियार बोक्ने सिपाही र तिनका सबै मानिस त्यही दिन मरे।+
७ बेँसीमा र यर्दनको इलाकामा भएका इस्राएलीहरूले सबै इस्राएली सिपाही भागेको अनि साउल र तिनका छोराहरू मरिसकेको देखे। यो देखेपछि तिनीहरू पनि सहरहरूबाट भाग्न थाले।+ त्यसपछि पलिस्तियालीहरू आएर ती सहरहरूमा बसोबास गरे।
८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका छोराहरूको लास देखे।+
९ तिनीहरूले साउलको शिर काटे अनि तिनका हातहतियार लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए।+
१० तिनीहरूले साउलका हातहतियार अस्तारोथको मन्दिरमा राखे र तिनको लासलाई बेथ-सानको+ पर्खालमा किलाले ठोकिदिए।
११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे याबेस-गिलादका बासिन्दाहरूले+ सुनेपछि
१२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरू रातभरि यात्रा गरेर बेथ-सान गए। तिनीहरूले त्यहाँको पर्खालबाट साउल र तिनका छोराहरूको लास झिके। अनि तिनीहरू याबेस फर्के र ती लासहरू जलाए।
१३ त्यसपछि तिनीहरूले हड्डीहरू+ लगेर याबेसमा+ एउटा रूखमुनि* गाडे। अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
फुटनोटहरू
^ टामरिस्क रूख। मसिना पात हुने, गुलाबी वा सेता फूल फुल्ने अनि सधैँ हराभरा हुने एक किसिमको रूख।