दोस्रो राजा २४:१-२०

  • यहोयाकिमको विद्रोह र तिनको मृत्यु (१-७)

  • यहुदाका राजा यहोयाकिन (८, ९)

  • बेबिलोन लगिएको पहिलो समूह (१०-१७)

  • यहुदाका राजा सिदकियाह; उनको विद्रोह (१८-२०)

२४  यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्‌नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्‌नेजरको चाकरी गर्नुपऱ्‍यो। तर पछि तिनले विद्रोह गरे। २  त्यसपछि यहोवा परमेश्‍वरले कल्दियाली,+ सिरियाली, मोआबी र अम्मोनी लुटेराहरू पठाउन थाल्नुभयो। आफ्ना भविष्यवक्‍ताहरूमार्फत भनेअनुसारै यहोवा परमेश्‍वरले यहुदालाई नाश गर्न लुटेराहरू पठाइरहनुभयो।+ ३  यहोवा परमेश्‍वरको आदेशअनुसारै यहुदामा यस्तो भएको थियो। यहुदालाई आफ्नो सामनेबाट हटाउन उहाँले त्यसो गर्नुभयो।+ किनभने मनस्सेले परमेश्‍वरको आज्ञा पालन नगरेर थुप्रै पाप गरेका थिए+ ४  अनि यरुसलेममा निर्दोष मानिसहरूको रगत पनि बगाएका थिए।+ त्यसैले यहोवा परमेश्‍वरले यहुदालाई क्षमा दिन चाहनुभएन।+ ५  यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ ६  तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए। ७  मिश्रका राजाले फेरि कहिल्यै आफ्नो सेनालाई देशबाहिर पठाएनन्‌। किनकि बेबिलोनका राजाले मिश्रका+ राजाको सबै इलाका—मिश्रको वादीदेखि*+ युफ्रेटिस नदीसम्मको+ सबै इलाका कब्जा गरेका थिए। ८  राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्‌। ९  उनले आफ्ना बुबाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। १०  त्यही समयतिर बेबिलोनका राजा नबुकद्‌नेजरका सेवकहरू यरुसलेम आए र त्यसलाई घेराबन्दी गरे।+ ११  यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्‌नेजर त्यहाँ आए। १२  यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्‌नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+ १३  बेबिलोनका राजाले यहोवा परमेश्‍वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्‍वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा भयो। १४  बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+ १५  यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १६  साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्‌ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्‌ख्याचाहिँ १ हजार थियो। १७  बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए। १८  राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। १९  सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २०  यहोवा परमेश्‍वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्‍नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+

फुटनोटहरू

वा “बेँसीदेखि।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।