दोस्रो समुएल ८:१-१८

  • दाउदका जितहरू (१-१४)

  • दाउदको राज्य व्यवस्था (१५-१८)

८  केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर+ तिनीहरूलाई आफ्नो अधीनमा राखे।+ अनि तिनले पलिस्तियालीहरूको हातबाट मेथेग-अम्माह भन्‍ने ठाउँ आफ्नो कब्जामा लिए। २  दाउदले मोआबीहरूलाई हराए+ अनि तिनले उनीहरूलाई भुईँमा लहरै सुत्न लगाए र त्यस लहरको लम्बाइ नापे। उनीहरूमध्ये दुई तिहाइलाई मार्ने अनि बाँकी एक तिहाइलाई जिउँदै छोड्‌ने हेतुले तिनले यसो गरेका थिए।+ त्यसपछि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+ ३  दाउदले जोबाहका+ राजा हदद-एजेरलाई हराए, जो रेहोबका छोरा थिए। हदद-एजेर युफ्रेटिस नदीमाथि फेरि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ ४  दाउदले हदद-एजेरका १७ सय घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए। त्यसपछि तिनले रथ हाँक्ने १०० घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+ ५  दमिसकका+ सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+ ६  त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।*+ ७  दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए।+ ८  राजा दाउदले हदद-एजेरका सहरहरू बेतह र बेरोथैबाट प्रशस्तै तामा ल्याए। ९  दाउदले हदद-एजेरको+ पूरै सेनालाई हराए भनी हमाथका राजा तोइले+ सुने। १०  त्यसैले तोइले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन आफ्नो छोरा योरामलाई पठाए किनकि दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोइ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोइले यसो गरेका थिए।) योरामले आफूसित सुन, चाँदी र तामाका सरसामान पनि ल्याए। ११  राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरे।* आफूले कब्जा गरेका यी जातिहरूबाट ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्‍वरको निम्ति पवित्र पारेका थिए:+ १२  सिरिया र मोआबबाट+ अनि अम्मोनीहरू, पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी र रेहोबका छोरा जोबाहका राजा हदद-एजेरबाट+ लुटेका धनमाल। १३  नुन बेँसीमा १८ हजार एदोमीलाई मारेर पनि दाउदले ठूलो नाम कमाए।+ १४  तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।+ १५  दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+ १६  जेरुयाहका छोरा योआब+ दाउदका सेनापति थिए अनि अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ १७  अहितुबका छोरा सादोक+ र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि सिरायाह सचिव थिए। १८  यहोयादाका छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका*+ कप्तान थिए। दाउदका छोराहरूचाहिँ मुख्य मन्त्री* थिए।

फुटनोटहरू

वा “घुँडा पछाडिको मोटो नसो।”
वा “उद्धार गर्नुभयो।”
शा., “पवित्र पारे।”
अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरूका।
शा., “पुजारी।”