पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌—भिडियोहरू

मानिसहरूसामु पढ्‌ने र सिकाउने आफ्नो सीप तिर्खानुहोस्‌।

बुँदा १

प्रभावकारी परिचय

आफ्नो प्रस्तुति श्रोताको लागि सुनूँ-सुनूँ लाग्ने बनाउन तपाईँ के गर्न सक्नहुन्छ?

बुँदा २

कुराकानीको शैलीमा प्रस्तुति

मानिसहरूसित कुरा गर्दा तिनीहरूले सजिलो महसुस गरून्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

बुँदा ३

प्रश्‍नको प्रयोग

श्रोताहरूसित तर्क गर्न, तिनीहरूको चासो कायम राख्न र मुख्य बुँदाहरूलाई जोड दिन कसरी प्रश्‍नहरू प्रयोग गर्न सक्नुहुन्छ?

बुँदा ४

शास्त्रपदको प्रभावकारी परिचय

तपाईँले पढ्‌न लाग्नुभएका शास्त्रपदहरूबाट श्रोताले धेरैभन्दा धेरै लाभ उठाउन सकून्‌ भनेर के गर्न सक्नुहुन्छ?

बुँदा ५

ठीकसित पढ्‌ने

लेखिएको कुरा आवाज निकालेर जस्ताको तस्तै पढ्‌न कस्ता तरिकाहरूले मदत गर्छन्‌?

बुँदा ६

शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

शास्त्रपद पढ्‌दा र पढेपछि श्रोतालाई उक्‍त शास्त्रपद पढ्‌नुको कारण प्रस्ट पार्न तपाईँ के गर्न सक्नुहुन्छ?

बुँदा ७

सही र चित्तबुझ्दो

सत्यलाई नबङ्‌ग्याउन तपाईँ कसरी सजग रहन सक्नुहुन्छ?

बुँदा ८

सुहाउँदो उदाहरण

महान्‌ शिक्षक येसुले जस्तै तपाईँ पनि कसरी उदाहरणहरू प्रभावकारी ढङ्‌गमा चलाउन सक्नुहुन्छ?

बुँदा ९

दृश्‍य सामग्रीको उचित प्रयोग

चित्र वा अन्य दृश्‍य सामग्रीको प्रयोग गरेर तपाईँ कसरी श्रोतालाई मुख्य बुँदा बुझ्न मदत गर्न सक्नुहुन्छ?

बुँदा १०

स्वर परिवर्तन

स्वर परिवर्तन गरेर जानकारीलाई स्पष्ट र श्रोताको मन छुने तरिकामा कसरी प्रस्तुत गर्न सक्छौँ?

बुँदा ११

उत्साह

हामी उत्साहित भई बोलेर कसरी श्रोताहरूलाई कदम चाल्न उत्प्रेरित गर्न सक्छौँ?

बुँदा १२

न्यानोपन र समानुभूति

तपाईँ आफ्ना श्रोताहरूप्रति कसरी न्यानोपन र समानुभूति देखाउन सक्नुहुन्छ?

बुँदा १३

व्यावहारिकता प्रस्ट पार्ने

तपाईँले व्यावहारिकता प्रस्ट पार्ने र श्रोताहरूलाई कदम चाल्न जुरमुऱ्‍याउने तरिकामा कसरी विषय प्रस्तुत गर्न सक्नुहुन्छ?

बुँदा १४

मुख्य बुँदालाई जोड दिने

मुख्य बुँदालाई जोड दिएर तपाईँले बताउने कुरामा श्रोताहरूलाई ध्यान दिन अनि ती बुझ्न र सम्झन मदत गर्नुहोस्‌।

बुँदा १५

विश्‍वस्त भएर बोल्ने

तपाईँ कसरी भाषण दिँदा वा क्षेत्र सेवामा भाग लिँदा विश्‍वस्त भएर बोल्न सक्नुहुन्छ?

बुँदा १६

उत्थानदायी र सकारात्मक

समस्यामा नभई समाधानमा र श्रोतालाई विश्‍वस्त बनाउने कुराहरूमा जोड दिने तरिकामा प्रस्तुत गर्न कुन तीन कदम चाल्न सक्छौँ?

बुँदा १७

बुझ्न सजिलो

तपाईँले भन्‍न खोज्नुभएको कुरा बुझ्न श्रोतालाई मदत गर्ने सन्दर्भमा कस्ता कुराहरू याद गर्नुपर्छ?

बुँदा १८

श्रोताका लागि जानकारीमूलक

तपाईँ कसरी श्रोतालाई सोच्न उत्प्रेरित गर्न र केही महत्त्वपूर्ण कुरा सिकेको महसुस गराउन सक्नुहुन्छ?

बुँदा १९

मनसम्म पुग्ने प्रयास

तपाईँ कसरी श्रोतालाई सही मनसाय विकास गर्न मदत गर्न सक्नुहुन्छ?

बुँदा २०

प्रभावकारी समापन

मण्डलीमा वा प्रचारकार्यमा तपाईँले आफ्नो प्रस्तुतिको समापन कस्तो बनाउनुपर्छ?

अन्य रोचक विषयहरू

पुस्तक र पुस्तिकाहरू

पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌

यस प्रकाशनले जनसमक्ष पढ्‌ने सीप अनि कुराकानी गर्ने र सिकाउने कला तिखार्न तपाईँलाई मदत गर्छ।