सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलआधारित नाटकको सेट बनाउन माउन्ट इबो स्टुडियोमा २७ टनभन्दा धेरै (लगभग २७,५०० केजी) गिट्टी-बालुवा ल्याइएको थियो

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशनका भिडियोहरू कसरी तयार गरियो?

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशनका भिडियोहरू कसरी तयार गरियो?

अगस्त १०, २०२०

 हाम्रा अधिवेशनहरूमा देखाइने भिडियोहरूले हाम्रो छुन्छ र बाइबलका शिक्षाहरूलाई अझ राम्ररी बुझ्न मदत दिन्छ। सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रममा ११४ वटा भिडियोका साथै परिचालक निकायका सदस्यहरू र उहाँहरूका सहयोगीहरूले प्रस्तुत गर्नुभएका ४३ वटा भाषणहरू छन्‌। यी भिडियोहरू तयार पार्न कत्ति धेरै मेहनत र खर्च लाग्यो होला, के तपाईँले कहिल्यै सोच्नुभएको छ?

 यी भिडियोहरू तयार पार्न विश्‍वभरिका झन्डै ९०० जना दाजुभाइ दिदीबहिनीले आफ्नो समय र सीप खर्च गरे। यो काम दुई वर्षभन्दा लामो समयसम्म चल्यो र यस कामको लागि हाम्रा दाजुभाइ दिदीबहिनीले लगभग १ लाख घण्टा खर्च गरे। नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो” विषयको ७६ मिनेट लामो बाइबल नाटक तयार पार्न मात्रै ७० हजार घण्टा लागेको थियो।

 यी आत्मत्यागी स्वयम्‌सेवकहरूको दैनिक आवश्‍यकता पूरा गर्नुका साथै तिनीहरूलाई यो काम सम्पन्‍न गर्न चाहिने सरसामग्री, उपकरणहरू र अन्य आवश्‍यक कुराहरूको प्रबन्ध गर्न कत्ति धेरै खर्च लागेको थियो भनेर सायद तपाईँ अनुमान लगाउन सक्नुहुन्छ।

 अडियो/भिडियो सेवा विभागमा काम गर्ने भाइ जेरेड गोसम्यान यसो भन्छन्‌: “परिचालक निकायको शिक्षण समिति हाम्रा भिडियोहरूमा विभिन्‍न ठाउँको संस्कृति र रहनसहन समेटिएको चाहन्छ। यसो गर्दा हाम्रा भिडियोहरूमा हाम्रो विश्‍वव्यापी भाइचारा झल्किन्छ। यसको लागि ११ वटा फरक-फरक देशका २४ वटा टोलीले मिलेर काम गऱ्‍यो। विश्‍वभर छरिएर रहेका यी टोलीहरू सँगै मिलेर काम गर्न पक्कै पनि थुप्रै स्रोतसाधन र राम्रो योजनाको आवश्‍यकता थियो।”

 हाम्रा थुप्रै भिडियोहरू तयार पार्न विशेष सरसाधन चाहिन्थ्यो र सेटहरू पनि बनाउनुपर्थ्यो। जस्तै, नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो” भिडियोको सेट अमेरिकाको न्यु योर्क, प्याटर्सननजिकै रहेको माउन्ट इबो स्टुडियोभित्र बनाइएको थियो। यो भिडियो तयार पारिँदा बाइबलको विवरणलाई जीवन्त रूप दिनुका साथै प्राप्त अनुदानको दुरुपयोग पनि नहोस्‌ भन्‍ने कुरामा विशेष ध्यान दिइयो। त्यसैले भाइहरूले ठ्याक्कै पुरातन यरुसलेमका पर्खालहरूजस्तै देखिने डिजाइन बनाउन हलुका सेटहरू तयार पारे। ती पर्खालहरू काठका फल्याकहरूमा स्पन्ज टाँसेर बनाइएका थिए र ती छ मिटर (२० फिट) अग्ला थिए। त्यसलाई ठ्याक्कै ढुङ्‌गाको पर्खालजस्तै देखिनेगरि रङ्‌ग्याइएको थियो। ती “पर्खालहरू”-लाई सजिलै यताउता लैजान सकिने भएकोले विभिन्‍न दृश्‍यमा प्रयोग गर्न सकिन्थ्यो। यो एउटा नाटकको सेट तयार पार्न मात्र लगभग १ लाख अमेरिकी डलर (लगभग १ करोड १७ लाख नेपाली रुपियाँ) खर्च भएको थियो। a

 अधिवेशनका भिडियोहरू तयार पार्न गरिएका यस्ता प्रयासहरूबारे थाह पाउँदा यस वर्षको अधिवेशनप्रति हाम्रो कृतज्ञता अझ बढ्‌नेछ। यो कार्यक्रम तयार पार्न जति पनि प्रयासहरू गरिए, त्यसले विश्‍वभरि यहोवाको नामको प्रशंसा गर्नेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ। तपाईँहरूले donate.pr418.com र अन्य माध्यममार्फत विश्‍वव्यापी कार्यको लागि उदार भएर दिनुभएको अनुदानको लागि धन्यवाद छ।

a नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो” नाटकको सेटहरू कोभिड-१९ महामारी सुरु हुनुअघि नै बनाइएका थिए। त्यतिबेला सामाजिक दूरी कायम गर्नु आवश्‍यक थिएन।