सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Surasak Suwanmake/Moment via Getty Images

जागा रहो!

सन्‌ २०२३ मा विश्‍वभरि अत्यधिक गर्मी—यसबारे बाइबल के भन्छ?

सन्‌ २०२३ मा विश्‍वभरि अत्यधिक गर्मी—यसबारे बाइबल के भन्छ?

 संसारभरिका मानिसहरू रेकर्ड तोड्‌ने गर्मी र त्यससित सम्बन्धित प्रकोपहरूको चपेटामा परेका छन्‌। केही समाचार विचार गरौँ:

  •   “मानिसहरूले तापक्रमको रेकर्ड राख्न थालेको १७४ वर्षको इतिहासमा यस वर्षको जून महिना सबैभन्दा गर्मी भएको जनाइएको छ।”—अमेरिकी मौसम एजेन्सी (NOAA), अमेरिकाको वाणिज्य विभाग, जुलाई १३, २०२३.

  •   “इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्ड प्रचण्ड गर्मीको मारमा परिरहेको छ। इटालीको सिसिली र सार्डिनिया टापुको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। युरोपमा यो अहिलेसम्मकै उच्च तापक्रम हुन सक्छ।”—युरोपेली स्पेस एजेन्सी जुलाई १३, २०२३.

  •   “पृथ्वीको तापक्रम बढ्‌दै जाँदा अझ धेरै भारी वर्षा हुन सक्छ, जसले गर्दा अझै डरलाग्दा बाढीहरू आउने जोखिम बढ्‌नेछ।”—स्टेफन उलन्ब्रुक, विश्‍व मौसम विज्ञान सङ्‌गठनका जलविज्ञान, पानी र क्रायोस्फियर निर्देशक, जुलाई १७, २०२३.

 तापक्रम वृद्धिका यस्ता समाचारहरूले गर्दा के तपाईँलाई चिन्ता लागेको छ? अहिलेको यस्तो जल्दोबल्दो विषयबारे बाइबल के भन्छ, विचार गरौँ।

के चरम मौसमबारे बाइबलमा भविष्यवाणी गरिएको छ?

 छ। विश्‍वव्यापी तापक्रम वृद्धि र जलवायुमा आएको उतारचढाव बाइबलमा गरिएको भविष्यवाणीसित मेल खान्छ। जस्तै: “मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌” भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। (लुका २१:११) मानव गतिविधिले गर्दा भएको यस्तो तापक्रम वृद्धिले पृथ्वीलाई विनाशतर्फ धकेल्नेछ भनेर मानिसहरू चिन्ता गर्छन्‌।

के पृथ्वी मानिस बस्न लायक भइरहनेछ?

 छ। पृथ्वी परमेश्‍वरले मानिसलाई दिनुभएको स्थायी घर हो; उहाँले पृथ्वीलाई कहिल्यै नाश हुन दिनुहुनेछैन। (भजन ११५:१६; उपदेशक १:४) वास्तवमा, उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८.

 बाइबलमा बताइएअनुसार परमेश्‍वरले पृथ्वीलाई वातावरणीय प्रकोपदेखि जोगाउन सक्नुहुन्छ र जोगाउनु पनि हुनेछ।

  •   “[परमेश्‍वरले] आँधीलाई थाम्नुहुन्छ; समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ।” (भजन १०७:२९) परमेश्‍वरसित प्रकृतिलाई वशमा राख्ने शक्‍ति छ। चरम मौसमका कारण मानिसहरूले भोगिरहेको वातावरणीय समस्याहरूलाई परमेश्‍वरले हटाउन सक्नुहुन्छ।

  •   “तपाईँ पृथ्वीको रेखदेख गर्नुहुन्छ, त्यसलाई प्रशस्त उब्जनी दिनुहुन्छ र भरिभराउ पार्नुहुन्छ।” (भजन ६५:९) परमेश्‍वरले पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नुहुनेछ।

 पृथ्वीको पर्यावरणीय समस्या समाधानबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ भनेर जान्‍न “पृथ्वीलाई कसले जोगाउनेछ?” भन्‍ने लेख हेर्नुहोस्‌।