सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

sinceLF/E+ via Getty Images

जागा रहो!

आम मानिसहरूलाई कसले सुरक्षा दिनेछ?—यसबारे बाइबल के भन्छ?

आम मानिसहरूलाई कसले सुरक्षा दिनेछ?—यसबारे बाइबल के भन्छ?

 संयुक्‍त राष्ट्र सङ्‌घको रिपोर्टअनुसार:

  •   अक्टोबर ७ देखि २३, २०२३ सम्ममा गाजा-इजरायल युद्धमा ६,४०० भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्‌ भने १५,२०० भन्दा धेरै घाइते भएका छन्‌। तीमध्ये अधिकांश आम मानिस थिए। त्यसबाहेक हजारौँ विस्थापित भएका छन्‌।

  •   सेप्टेम्बर २४, २०२३ सम्म रुस-युक्रेन युद्धमा युक्रेनका ९,७०१ जना आम मानिस मारिए र १७,७४८ जना घाइते भए।

 युद्धले गर्दा दुःख भोगिरहेका मानिसहरूलाई बाइबलले कस्तो आशा दिन्छ?

आशाको आधार

 बाइबलमा परमेश्‍वरले “पृथ्वीबाट ... युद्ध नामेट पार्नुहुन्छ” भनेर भविष्यवाणी गरिएको छ। (भजन ४६:९) उहाँले सबै मानव सरकारलाई हटाउन स्वर्गमा स्थापना भएको सरकारलाई प्रयोग गर्नुहुनेछ। (दानिएल २:४४) परमेश्‍वरको राज्यले मानिसहरूको उद्धार गर्नेछ।

 परमेश्‍वरको राज्यको राजा येसु ख्रिष्टले के गर्नुहुनेछ, याद गर्नुहोस्‌:

  •   “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌, दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌। तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१२-१४.

 युद्ध र हिंसाले गर्दा भएका सबै दुःखकष्टलाई परमेश्‍वरले आफ्नो राज्यमार्फत पूर्णतया हटाउनुहुनेछ।

  •   “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

 चाँडै परमेश्‍वरको राज्यले पृथ्वीका मामिलाहरूमा ठूलो परिवर्तन ल्याउनेछ। अहिले हामीले देखिरहेको “युद्धको कोलाहल अनि युद्धको खबर”-बारे बाइबलमा भविष्यवाणी गरिएको थियो। (मत्ति २४:६) यी तथा अन्य घटनाहरूले हामी मानव शासनको “अन्त” हुनै लागेको समयमा बाँचिरहेका छौँ भनेर देखाउँछ।—२ तिमोथि ३:१.