सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

mustafahacalaki/DigitalVision Vectors via Getty Images

जागा रहो!

आर्टिफिसियल इन्टेलिजेन्स—आशिष्‌ या श्राप?—यसबारे बाइबल के भन्छ?

आर्टिफिसियल इन्टेलिजेन्स—आशिष्‌ या श्राप?—यसबारे बाइबल के भन्छ?

 हालै विश्‍वका नेता, वैज्ञानिक र टेक्निसियनहरूले आर्टिफिसियल इन्टेलिजेन्सबारे (एआई) आफ्नो धारणा व्यक्‍त गरेका छन्‌। तिनीहरूले यो उपयोगी छ भनेर मानिलिएका छन्‌ तर यसको दुरुपयोग हुन सक्ने भएकोले चिन्ता पनि व्यक्‍त गरेका छन्‌।

  •   “एआई आजको सबैभन्दा शक्‍तिशाली प्रविधिहरूमध्ये एक हो। यसले मानिसहरूको जीवनस्तर उकास्न सक्छ। ... तर एआईले जनसाधरणलाई एकदमै असुरक्षित बनाउन सक्छ, केही मानवअधिकार हनन गर्न सक्छ र गोपनीयता भङ्‌ग गर्न सक्छ। अनि प्रजातान्त्रिक सरकारमाथिको मानिसहरूको भरोसालाई कमजोर बनाउन सक्छ।”—कमला ह्‍यारिस, अमेरिकाको उपराष्ट्रपति, मे ४, २०२३।

  •   “आर्टिफिसियल इन्टेलिजेन्सले (एआई) स्वास्थ्य-उपचारको क्षेत्रमा नयाँ आशा जगाएको छ। तर अर्कोतर्फ यसले मानिसको शारीरिक तथा भावनात्मक स्वास्थ्यमा हानि पुऱ्‍याउने खतरा पनि देखिएको छ।”—डा. फ्रेडरिक फेडरस्पिल, डाक्टर र स्वास्थ्यविद्‌हरूको अन्तरराष्ट्रिय समूहका प्रमुख। a

  •   “मानिसहरूले गलत जानकारी सम्प्रेषण गर्न एआईको प्रयोग गर्न थालिसकेका छन्‌। एआईले गर्दा चाँडै थुप्रै मानिस बेरोजगार हुन सक्छन्‌। विशेषज्ञहरूले एआई पछि गएर मानिसजातिको लागि ठूलो खतरा बन्‍न सक्छ भनेर चिन्ता व्यक्‍त गरेका छन्‌।”—द न्यु योर्क टाइम्स, मे १, २०२३।

 मानिसहरूले एआई राम्रो कामको लागि प्रयोग गर्नेछन्‌ कि नराम्रो कामको लागि, त्यो त समयले नै बताउनेछ। यसबारे बाइबल के भन्छ?

प्रविधिको क्षेत्रमा भएको प्रगतिले किन असुरक्षा बढाउँछ?

 नयाँ-नयाँ प्रविधिहरू राम्रै कामका लागि मात्र प्रयोग गरिन्छन्‌ भन्‍ने कुराको ग्यारेन्टी मानिसहरूले किन दिन सक्दैनन्‌ भनेर बाइबल बताउँछ।

  1.  १. राम्रै मनसाय भएका मानिसहरूले पनि आफ्नो कामले कस्ता नकारात्मक असरहरू पुऱ्‍याउन सक्छ भनेर पहिल्यै थाह पाउन सक्दैनन्‌।

    •   “कुनै बाटो मानिसलाई सही नै लाग्ला तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।”—हितोपदेश १४:१२.

  2.  २. कुनै व्यक्‍तिले आविष्कार गरेको कुराको अरूले सदुपयोग गर्छन्‌ कि दुरुपयोग, त्यो उसको हातमा हुँदैन।

    •   “मैले जे-जति मेहनत गरेँ, ... त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ। अनि त्यो मानिस मूर्ख हुने हो कि बुद्धिमान्‌, कसलाई के थाह? तैपनि मैले संसारमा आफ्नो सारा बल अनि बुद्धि लगाएर प्राप्त गरेको कुरामाथि त्यसले नै राज गर्नेछ।”—उपदेशक २:१८, १९.

 यस्ता कारणहरूले गर्दा मानिसलाई सृष्टिकर्ताको डोऱ्‍याइ चाहिन्छ भन्‍ने कुरा प्रस्ट भएको छ।

हामी कोमाथि भरोसा गर्न सक्छौँ?

 हाम्रो सृष्टिकर्ताले मानिस वा कुनै पनि प्रविधिको कारण पृथ्वी वा मानिसजातिको विनाश हुन नदिने प्रतिज्ञा गर्नुभएको छ।

  •   “पृथ्वी भने सधैँभरि रहिरहन्छ।”—उपदेशक १:४.

  •   “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९.

 हाम्रो सृष्टिकर्ताले हामीलाई बाइबलमार्फत शान्तिमय र सुरक्षित संसारमा डोऱ्‍याउन भरपर्दो सल्लाह दिनुभएको छ। यसबारे बाइबलले के भन्छ भनेर थाह पाउन “भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत” र “हाम्रो भविष्य उज्ज्वल छ!” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।

a मे ९, २०२३ मा बीएमजे ग्लोबल हेल्थ (अङ्‌ग्रेजी) पत्रिकामा प्रकाशित “मानव स्वास्थ्य र मानव अस्तित्वको लागि आर्टिफिसियल इन्टेलिजेन्सद्वारा खतराहरू” भन्‍ने लेखबाट। यो लेख फ्रेडरिक फेडरस्पिल, रुथ मिचेल, आसा असोकन, कार्लोस उमाना र डेभिड म्याकोएले लेखेका हुन्‌।