सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Kim Steele/The Image Bank via Getty Images

के ईश्‍वरको राज्यले आर्थिक समस्याहरू समाधान गर्ला?

के ईश्‍वरको राज्यले आर्थिक समस्याहरू समाधान गर्ला?

 आज संसारभरि थुप्रै मानिसलाई हातमुख जोर्न पुग्ने पैसा कमाउन पनि झन्‌झनै गाह्रो भइरहेको छ।

  •   हालैको एउटा रिपोर्टअनुसार a महँगी एकदमै बढेकोले मानिसहरूलाई आफ्नो मासिक आम्दानीबाट आधारभूत आवश्‍यकता पूरा गर्न समेत धौधौ परिरहेको छ। कुनै ठोस कदम चालिएन भने “धनी र गरिबबीचको खाडल अझै गहिरिँदै जानेछ” अनि “थुप्रै कामदार र तिनीहरूको परिवारको जीवनस्तर” खस्कँदै जानेछ भनेर त्यस रिपोर्टमा चेतावनी दिइएको थियो।

 के सरकारहरूले बढ्‌दो आर्थिक सङ्‌कटलाई पूरै समाधान गर्न वा केही हदसम्म भए पनि सुधार्न सक्लान्‌?

 बाइबलमा आर्थिक असमानतालगायत सबै आर्थिक समस्या हटाउन सक्ने एउटा सरकारबारे बताइएको छ। बाइबल यसो भन्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ।” (दानिएल २:४४) यही सरकारले पृथ्वीको सम्पूर्ण मामिला सम्हाल्नेछ। यस विश्‍वव्यापी सरकारले कसैलाई बिर्सनेछैन बरु सबैको ख्याल राख्नेछ। (भजन ९:१८) ईश्‍वरको राज्यले आफ्नो प्रजालाई सुखी जीवन बिताउन चाहिने सबै कुरा दिनेछ। सबैले आफ्नो मेहनतको मीठो फलबाट आनन्द उठाउनेछन्‌।—यसैया ६५:२१, २२.

a International Labour Organization Global Wage Report 2022-23