सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Chris McGrath/Getty Images

ईश्‍वरको राज्यले युद्धलाई के गर्नेछ?

ईश्‍वरको राज्यले युद्धलाई के गर्नेछ?

 संसारभरि मच्चिरहेका युद्धहरूले गर्दा मानिसहरूले चरम पीडा भोगिरहेका छन्‌ र ठूलो धनजनको क्षति भइरहेको छ। केही रिपोर्ट विचार गरौँ:

  •   “सन्‌ १९९४ देखिको तथ्याङ्‌क हेर्ने हो भने द्वन्द्वले गर्दा गत वर्ष सबैभन्दा धेरै मानिसले ज्यान गुमाए, विशेषगरि इथियोपिया र युक्रेन युद्धमा।”—पिस रिसर्च इन्स्टिच्युट ओस्लो, जून ७, २०२३।

  •   “सन्‌ २०२२ मा चर्किएका युद्धहरूमध्ये एक युक्रेन युद्ध हो। संसारभरि नै गत वर्ष राजनैतिक कारणले गर्दा हुने हिंसामा २७ % ले वृद्धि भयो। यसले गर्दा करिब १ अरब ७० करोड मानिस प्रभावित भए।”—दि आर्म्ड कन्फ्लिक्ट लोकेसन एण्ड इभेन्ट डाटा प्रोजेक्ट (एक्लेड), फेब्रुअरी ८, २०२३।

 तर बाइबलबाट हामी आशा पाउन सक्छौँ। बाइबल यसो भन्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन।” (दानिएल २:४४) यस राज्यले शासन गर्न थालेपछि परमेश्‍वरले ‘पृथ्वीबाट युद्ध नामेट पार्नुहुनेछ।’—भजन ४६:९.