सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

TheCrimsonMonkey/E+ via Getty Images

के ईश्‍वरको राज्यले वातावरणीय समस्याहरू समाधान गर्ला?

के ईश्‍वरको राज्यले वातावरणीय समस्याहरू समाधान गर्ला?

 “जलवायुमा आएको आपत्‌कालीन अवस्थाले गर्दा पारिस्थितिक प्रणाली, मानिसहरू र सहरहरू खतरामा परेका छन्‌। जलवायु परिवर्तनले गर्दा शक्‍तिशाली आँधीबेहरीहरू अझै विनाशकारी भएका छन्‌, जसले गर्दा संसारभरि ठूलो धनजनको क्षति भइरहेको छ। तापक्रम वृद्धिले समुद्रको पारिस्थितिक प्रणाली बिगारेको छ, जसले गर्दा थुप्रै समुद्री जीव लोप हुने खतरा बढेको छ।”इङ्‌गर एनर्सन, संयुक्‍त राष्ट्र सङ्‌घकी उप-महासचिव र संयुक्‍त राष्ट्र पर्यावरण कार्यक्रमकी महानिर्देशक, जुलाई २५, २०२३।

 यस विश्‍वव्यापी समस्याको समाधान गर्न के सरकारहरू एकजुट होलान्‌? के तिनीहरू यस समस्याको स्थायी समाधान गर्न सक्षम छन्‌?

 बाइबलमा सबै वातावरणीय समस्या हटाउन सक्ने एउटा राज्यबारे बताइएको छ अनि त्यस राज्यले पक्कै कदम चाल्नेछ। बाइबलअनुसार “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ” र त्यसले पृथ्वीका सम्पूर्ण समस्या समाधान गर्नेछ। (दानिएल २:४४) त्यस राज्यले शासन गर्दा मानिसहरूले एकअर्कालाई वा पृथ्वीलाई “कुनै हानि गर्नेछैनन्‌।”—यसैया ११:९.