सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Justin Paget/​Stone via Getty Images

एक्लोपन एउटा विश्‍वव्यापी समस्या—यसको सामना गर्न तपाईँ के गर्न सक्नुहुन्छ?

एक्लोपन एउटा विश्‍वव्यापी समस्या—यसको सामना गर्न तपाईँ के गर्न सक्नुहुन्छ?
  •    “अमेरिकामा लगभग आधाभन्दा धेरै वयस्कले आफूलाई एक्लोपनले सताएको कुरा स्विकारे। यो समस्या विशेषगरि १८ देखि २५ वर्षका मानिसहरूमा देखिएको छ।”—आवर एपिडेमिक अफ लोन्लिनेस एण्ड आइसोलेसन, २०२३।

  •    “[विश्‍व स्वास्थ्य सङ्‌गठनले] एक्लोपनलाई एउटा गम्भीर समस्याको रूपमा पहिचान गरेको छ। त्यसैले यस सङ्‌गठनले विज्ञहरूको एउटा समूहलाई एक्लोपनसित लड्‌ने प्रभावकारी उपायहरू खोज्न खटाएको छ, चाहे एक्लोपनले सताएका मानिसहरू धनी देशका होऊन्‌ वा गरिब देशका। साथै त्यस समूहले मानिसहरूलाई आपसी सम्बन्ध राम्रो बनाइराख्न पनि मदत गर्नेछ।”—विश्‍व स्वास्थ्य सङ्‌गठन, नोभेम्बर १५, २०२३।

 बाइबलमा अरूसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्ने व्यावहारिक सल्लाहहरू पाइन्छ। यस्तो सम्बन्धले एक्लो महसुस नगर्न मदत गर्छ।

बाइबलका मदतकारी सिद्धान्तहरू

 आफूलाई अरू मानिसबाट अलग्याउने गतिविधि कम गर्नुहोस्‌। यस्तो गतिविधिको एउटा उदाहरण सामाजिक सञ्जालको अत्यधिक प्रयोग हो। यसको साटो मानिसहरूसित समय बिताउने र साँचो साथी बनाउने कोसिस गर्नुहोस्‌।

  •    बाइबलको सिद्धान्त: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

 अरूलाई मदत गर्ने मौकाहरू खोज्नुहोस्‌। अरूलाई मदत गर्दा तिनीहरूसितको हाम्रो सम्बन्ध राम्रो हुन्छ। साथै हामी आफैलाई पनि खुसी लाग्छ।

  •    बाइबलको सिद्धान्त: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

 असल साथी कसरी बनाउन सकिन्छ भन्‍नेबारे बाइबलबाट मदतकारी जानकारी पाउन हाम्रो वेबसाइट हेर्नुहोस्‌।