सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साथीहरूको मदतले एक्लोपन हटाउनुहोस्‌—बाइबलले कसरी मदत गर्न सक्छ?

साथीहरूको मदतले एक्लोपन हटाउनुहोस्‌—बाइबलले कसरी मदत गर्न सक्छ?

 सन्‌ २०२३ मा स्वास्थ्य विशेषज्ञहरूले एक्लोपनलाई एउटा विश्‍वव्यापी समस्याको रूपमा पहिचान गरेका थिए। के एक्लोपनको समाधान छ?

  •   अमेरिकी सर्जन जनरल डा. विवेक मूर्ति यसो भन्छन्‌, “एक्लो महसुस हुँदा अनि आफूलाई अरूबाट अलग्याउँदा यसले हाम्रो स्वास्थ्य र जीवनमा ठूलो असर पार्छ। तर हामी एक्लोपनलाई हटाउन सक्छौँ।” कसरी? तिनी अझ यसो भन्छन्‌, “हरेक दिन परिवार र साथीहरूसितको सम्बन्ध बलियो बनाउन प्रयास गरेर।” a

 हामीलाई वरपर कोही नहुँदा मात्र एक्लोपनले सताउने त होइन। केहीलाई मानिसहरूमाझ हुँदा पनि एक्लो महसुस हुन सक्छ। एक्लोपनको कारण जेसुकै भए पनि बाइबलले हामीलाई मदत गर्न सक्छ। यसमा अरूसित राम्रो सम्बन्ध कायम राख्न मदत दिने व्यावहारिक सल्लाहहरू पाइन्छ, जसले गर्दा एक्लोपनको सामना गर्न सजिलो हुनेछ।

बाइबलका मदतकारी सिद्धान्तहरू

 खुलस्त कुराकानी गर्नुहोस्‌। यसमा आफ्नो भावना पोख्नु मात्र होइन, अरूको कुरा ध्यान दिएर सुन्‍नु पनि समावेश छ। तपाईँ जति अरूलाई चासो देखाउनुहुन्छ, तपाईँहरूबीचको सम्बन्ध त्यति नै बलियो हुँदै जानेछ।

  •   बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

 आफूभन्दा फरक व्यक्‍तित्व भएकाहरूलाई पनि साथी बनाउनुहोस्‌। उमेरमा आफूभन्दा ठूलो वा सानो अथवा फरक पृष्ठभूमि वा देशका मानिसलाई साथी बनाउन अप्ठ्यारो नमान्‍नुहोस्‌।

 असल साथी कसरी बनाउन सकिन्छ भनेर थाह पाउन यो लेख पढ्‌नुहोस्‌: “मित्रताको भोक मेट्‌ने।”

a Our Epidemic of Loneliness and Isolation: The U.S. Surgeon General’s Advisory on the Healing Effects of Social Connection and Community, 2023.