सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

कोभिडको कारण ६० लाख मानिसको मृत्यु—यसबारे बाइबल के भन्छ?

कोभिडको कारण ६० लाख मानिसको मृत्यु—यसबारे बाइबल के भन्छ?

 विश्‍व स्वास्थ्य सङ्‌गठनअनुसार (WHO) मे २३, २०२२ सम्ममा कोभिड-१९ ले गर्दा ६२ लाख ७० हजार मानिसले ज्यान गुमाए। तर मे ५, २०२२ मा प्रकाशित एउटा समाचारमा WHO ले मर्नेहरूको सङ्‌ख्या योभन्दा अझ धेरै हुन सक्छ भनेर बतायो। त्यस समाचारअनुसार २०२० र २०२१ को दौडान “कोभिड-१९ महामारीको कारण वा यससित सम्बन्धित अन्य कारणले गर्दा लगभग १ करोड ४९ लाख मानिसको ज्यान गयो।” यस्ता हृदयविदारक घटनाहरूबारे बाइबल के भन्छ?

बाइबलमा घातक महामारीहरूबारे भविष्यवाणी गरिएको छ

  •    “अन्तको दिन” भनिने समयको दौडान रुढी वा “महामारी” हुनेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो।—लुका २१:११; २ तिमोथि ३:१.

 येसुको यो भविष्यवाणी आज पूरा भइरहेको छ। यसबारे थप कुरा बुझ्न “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

बाइबलले सान्त्वना दिन्छ

  •    “[यहोवा] सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ।”—२ कोरिन्थी १:३, ४.

 मृत्युले गर्दा आफ्ना प्रियजन गुमाएकाहरूले बाइबलको सन्देशबाट सान्त्वना पाएका छन्‌। यसबारे अझ धेरै जान्‍न “शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम” र “शोकमा परेकाहरूका लागि साँचो मदत” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

बाइबलमा महामारीको स्थायी समाधानबारे बताइएको छ

  •    “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ति ६:१०.

 अब चाँडै “परमेश्‍वरको राज्य”-ले यस पृथ्वीमा शासन गर्दा “कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’” (मर्कुस १:१४, १५; यसैया ३३:२४) यो स्वर्गीय सरकारबारे र यसले गर्ने कामहरूबारे जान्‍न परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो हेर्नुहोस्‌।

 हामी तपाईँलाई बाइबलबारे अझ धेरै सिक्न आग्रह गर्छौँ। यसो गर्नुभयो भने तपाईँ र तपाईँको परिवारले बाइबलमा पाइने बुद्धिमानी सल्लाह र सुन्दर प्रतिज्ञाहरूबाट लाभ उठाउन सक्नुहुनेछ।