सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

युक्रेन युद्धले गर्दा विश्‍वव्यापी खाद्य सङ्‌कट चुलिँदै

युक्रेन युद्धले गर्दा विश्‍वव्यापी खाद्य सङ्‌कट चुलिँदै

 मे १९, २०२२ मा संयुक्‍त राष्ट्र सुरक्षा परिषद्‌को बैठकमा ७५ जना उच्चस्तरीय अधिकारीहरूले यसो भने: “कोभिड-१९ महामारी र जलवायु परिवर्तनले गर्दा विश्‍वव्यापी खाद्य सङ्‌कट नाजुक अवस्थामा पुगिसकेको थियो। युक्रेन युद्धले गर्दा संसारका विभिन्‍न ठाउँमा खाद्य सङ्‌कट चुलिने देखिन्छ।” त्यसको केही दिनपछि द इकोनोमिस्ट पत्रिकामा यस्तो कुरा छापियो: “संसारमा पहिल्यै तीनथुप्रो समस्या थिए तर यस युद्धले गर्दा भोकमरीको समस्या अझै बढ्‌ने देखिन्छ।” हाम्रो समयमा यस्तो अनिकाल हुनेछ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। साथै यसमा यस्तो अवस्थाको कसरी सामना गर्न सकिन्छ भनेर पनि बताइएको छ।

बाइबलमा अनिकालबारे भविष्यवाणी गरिएको छ

  •    येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ अनि ठाउँठाउँमा अनिकाल . . . हुनेछ।”मत्ति २४:७.

  •    बाइबलको प्रकाश भन्‍ने किताबमा चार घोडसवारबारे बताइएको छ। तीमध्ये एक घोडसवारले युद्धलाई चित्रण गर्छ। तिनीपछिको अर्को घोडसवारले अनिकाललाई चित्रण गर्छ। अनिकाल छाएको त्यस समयमा खानेकुराको चरम अभाव हुनेछ र महँगीले आकाश छुनेछ। “मैले एउटा कालो घोडा देखें। घोडसवारको हातमा एउटा तराजू थियो। . . . एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, ‘एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ।’”—प्रकाश ६:५, ६, नयाँ संशोधित संस्करण।

 अनिकालबारे गरिएका यी भविष्यवाणीहरू अहिले पूरा हुँदै छन्‌। बाइबलमा यस समयलाई “अन्तको दिन” भनिएको छ। (२ तिमोथि ३:१) अन्तको दिन र प्रकाशको किताबमा बताइएको चार घोडसवारबारे थप कुरा बुझ्न इस्वी संवत्‌ १९१४ देखि संसार परिवर्तन भएको छ भन्‍ने भिडियो हेर्नुहोस्‌ र “चार घोडसवार—तिनीहरू को हुन्‌?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

बाइबलले कसरी मदत गर्न सक्छ?

  •    बाइबलमा बढ्‌दो महँगी र अनिकालजस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न मदत गर्ने व्यावहारिक सल्लाहहरू पाइन्छ। केही सल्लाह “कम खर्चमा कसरी गुजारा टार्ने” भन्‍ने लेखमा हेर्नुहोस्‌।

  •    बाइबलले हामीलाई उज्ज्वल भविष्यको आशा पनि दिन्छ। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ” भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ र त्यतिबेला कोही पनि भोको पेट सुत्नुपर्नेछैन। (भजन ७२:१६) बाइबलले दिने भविष्यको आशा र यस आशामा किन भरोसा गर्न सकिन्छ भन्‍नेबारे अझ धेरै जान्‍न “हाम्रो भविष्य उज्ज्वल छ!” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।