सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Left: Olena Yefremkina/stock.adobe.com; center: lunamarina/stock.adobe.com; right: Rido/stock.adobe.com

जागा रहो!

तपाईँ कसमाथि भरोसा गर्न सक्नुहुन्छ?—यसबारे बाइबल के भन्छ?

तपाईँ कसमाथि भरोसा गर्न सक्नुहुन्छ?—यसबारे बाइबल के भन्छ?

 आफूले जसलाई भरोसा गऱ्‍यो, उसैले भरोसा तोडेकोले थुप्रै मानिस निराश भएका छन्‌। त्यसैकारण धेरैले अरूमाथि भरोसा गर्नै छोडेका छन्‌, जस्तै:

  •   जनसाधारणको फाइदा खोज्ने नभई आफ्नै फाइदा खोज्ने राजनैतिक नेताहरूमाथि।

  •   न्यायोचित र सही समाचार प्रस्तुत नगर्ने सञ्चार माध्यममाथि।

  •   जनसाधारणको हितको लागि काम नगर्ने वैज्ञानिकहरूमाथि।

  •   धार्मिक क्रियाकलापमा भाग लिनुको सट्टा राजनीतिमा मुछिने धार्मिक नेताहरूमाथि।

 मानिसहरू कसलाई भरोसा गर्ने भन्‍ने कुरामा सतर्क हुनुपर्छ। बाइबलले यस्तो चेतावनी दिन्छ:

  •   “आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख . . . जसले बचाउन सक्दैनन्‌।”—भजन १४६:३, NRV

भरोसायोग्य व्यक्‍ति

  तपाईँले भरोसा गर्न सक्ने एक जना व्यक्‍तिबारे बाइबलमा बताइएको छ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। येसु शताब्दीऔँ अघि जन्मनुभएको एक असल व्यक्‍ति मात्र हुनुहुन्‍न। बरु उहाँ ईश्‍वरले नियुक्‍त गर्नुभएको “राजा” हुनुहुन्छ, जसको “राज्यको अन्त कहिल्यै हुनेछैन।” (लुका १:३२, ३३) येसु ईश्‍वरको राज्यको राजा हुनुहुन्छ अनि यस सरकारले अहिले स्वर्गमा शासन गरिरहेको छ।—मत्ति ६:१०.