सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

यहोवाका साक्षीहरू र नरसंहार—यसबारे बाइबल के भन्छ?

यहोवाका साक्षीहरू र नरसंहार—यसबारे बाइबल के भन्छ?

 जनवरी २७, २०२३ मा ‘अन्तरराष्ट्रिय नरसंहार स्मृति दिवस’ मनाइँदै छ। यो क्रूर अनि बीभत्स घटना ७५ वर्षभन्दा अघि भएको थियो। तपाईँलाई लाग्ला, ‘ईश्‍वरले किन यस्तो दुःखद घटना हुन दिनुभएको होला?’

 नरसंहारको बेला नाजीहरूले यहुदीहरूलाई चरम यातना दिए। लाखौँ यहुदीलाई सुनियोजित तरिकामा मारियो। त्यतिबेला अरू समूहका मानिसहरूलाई पनि यातना दिइयो र मारियो। त्यसमध्ये यहोवाका साक्षीहरू पनि थिए। बाइबलअनुसार चलेकोले तिनीहरूलाई सताइएको थियो।

“भविष्य र आशा”

 नाजीहरूले गरेको यस्तो नरसंहार फेरि दोहोरिएला भनेर थुप्रै मानिस चिन्ता व्यक्‍त गर्छन्‌। तर भविष्यमा यस्ता दुःखद घटनाहरू हुनेछैनन्‌ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।

  •   “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”—यर्मिया २९:११. a

 यो आशा यहोवा परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुहुँदा र तिनीहरूले पुऱ्‍याएको सबै हानिनोक्सानीलाई सच्याउनुहुँदा वास्तविकतामा परिणत हुनेछ। उहाँले चाँडै ...

  •   अरूलाई हानि पुऱ्‍याउने दुष्टहरूलाई पृथ्वीबाट हटाउनुहुनेछ।—हितोपदेश २:२२.

  •   दुःखमा परेका सबैको आँखाबाट आँसु पुछिदिनुहुनेछ।—प्रकाश २१:४.

  •   मरेका मानिसहरूलाई फेरि जीवित पार्नुहुनेछ।—युहन्‍ना ५:२८, २९.

 तपाईँ बाइबलले दिने सान्त्वनादायी आशामा भरोसा गर्न सक्नुहुन्छ। यसबारे थप कुरा बुझ्न हामी तपाईँलाई कुनै एक जना यहोवाको साक्षीसित निश्‍शुल्क बाइबल अध्ययन गर्न आग्रह गर्छौँ।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.