सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर बहिराहरूको कसरी ख्याल राख्नुहुन्छ?

परमेश्‍वर बहिराहरूको कसरी ख्याल राख्नुहुन्छ?

 अहिले संसारभरि लगभग ७ करोड बहिरा छन्‌ र तिनीहरूमध्ये अधिकांशले २०० भन्दा धेरै साङ्‌केतिक भाषा प्रयोग गरेर आफ्नो विचार र भावना व्यक्‍त गर्छन्‌। तर दुःखको कुरा, मानिसहरूले अक्सर बहिराहरूसित नराम्रो व्यवहार गर्छन्‌। यो कुरा तलका रिपोर्टहरूबाट पनि प्रस्ट हुन्छ:

  •   “संसारभरि नै बहिराहरू र सुस्त श्रवण भएकाहरूले अक्सर आफूले पाउनुपर्ने अधिकार पाउँदैनन्‌।”—बहिरा महासङ्‌घ (अमेरिका)।

  •   “विकासोन्मुख देशहरूमा बहिराहरू एकदमै गरिबहरूमध्ये पर्छन्‌ र तिनीहरूले आवश्‍यक शिक्षा, रोजगार र जानकारीहरू सजिलै पाउन सकिरहेका छैनन्‌।”—विश्‍व बहिरा महासङ्‌घ।

 बहिराहरूप्रति ईश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ? बहिराहरूबारे बाइबल के भन्छ? यहोवाका साक्षीहरूले तिनीहरूलाई कसरी मदत गरिरहेका छन्‌?

बहिराहरूप्रति ईश्‍वरको दृष्टिकोण

 बाइबलमा यहोवा a बहिराहरूको ख्याल राख्नुहुन्छ भनेर बताइएको छ। मानिसहरूले तिनीहरूसित समान व्यवहार गरेको अनि तिनीहरूले उहाँको शिक्षाबाट लाभ उठाएको यहोवा चाहनुहुन्छ।

 शास्त्रपद: “तिमीहरूले बहिरालाई नसराप्नू।”—लेवी १९:१४.

 अर्थ: यहोवाले इस्राएलीहरूलाई दिनुभएको यस नियमले बहिराहरूको हक-अधिकारको रक्षा गऱ्‍यो।

 शास्त्रपद: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।”—प्रेषित १०:३४.

 अर्थ: यहोवा सबै संस्कृति, पृष्ठभूमि र भाषाका मानिसहरूको ख्याल राख्नुहुन्छ; यसमा बहिराहरू पनि पर्छन्‌।

 शास्त्रपद: “सारा सहर र गाउँहरू घुम्दै येसुले . . . राज्यको सुसमाचार प्रचार गर्नुभयो।”—मत्ति ९:३५.

 अर्थ: येसु बहिराहरूलगायत सबै मानिसलाई परमेश्‍वरको राज्यबारे र त्यसले मानिसजातिको लागि गर्ने कुराहरूबारे सिकाउन पृथ्वीमा आउनुभयो।—मत्ति ६:१०.

 शास्त्रपद: येसुले “बहिरोलाई सुन्‍न सक्ने र गुँगोलाई बोल्न सक्ने” बनाउनुभयो।—मर्कुस ७:३७.

 अर्थ: येसुले बहिरोलाई सुन्‍न र बोल्न सक्ने बनाउनुभएर परमेश्‍वरको राज्यले के गर्नेछ भनी देखाउनुभयो। येसुले बहिरो व्यक्‍तिलाई सुन्‍न र बोल्न सक्ने बनाउनुअघि तिनीसित इसारामा कुरा गर्नुभयो।—मर्कुस ७:३१-३५.

 शास्त्रपद: “बहिराहरूका कान उघारिनेछन्‌।”—यसैया ३५:५.

 अर्थ: यहोवाले बहिराहरूले सुन्‍नेछन्‌ भनेर भविष्यवाणी गर्नुभयो।—यसैया २९:१८.

यहोवाका साक्षीहरूले बहिराहरूलाई कसरी मदत गरिरहेका छन्‌?

 यहोवाका साक्षीहरूले परमेश्‍वरले दिनुभएको आशाको सन्देश संसारभरिका बहिराहरूसम्म पुऱ्‍याउन यथासक्दो गरिरहेका छन्‌। कसरी? हामी १०० भन्दा धेरै साङ्‌केतिक भाषामा बाइबल र बाइबलआधारित भिडियोहरू तयार पार्छौँ। साथै हामी साङ्‌केतिक भाषामा बाइबलको शिक्षा सिकाउँछौँ र सभाहरूको पनि आयोजना गर्छौँ। यस्ता प्रबन्धहरूबाट लाभ उठाउन चाहने जो-कोहीले यी कुराहरू निश्‍शुल्क पाउन सक्छन्‌। किन? किनभने येसुले यस्तो आज्ञा दिनुभयो: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।”—मत्ति १०:८.

 तपाईँ यी सामग्रीहरू निम्न तरिका अपनाएर अनलाइनमै हेर्न वा डाउनलोड गर्न सक्नुहुन्छ:

 JW.ORG वेबसाइट। कुनै पनि साङ्‌केतिक भाषामा जानकारीहरू हेर्न वेबसाइटको माथितिर भएको भाषा रोज्ने आइकनमा थिच्नुहोस्‌।

 JW लाइब्रेरी साङ्‌केतिक भाषा एप। साङ्‌केतिक भाषाका भिडियोहरू हेर्न वा डाउनलोड गर्न आफ्नो डिभाइसमा यो निश्‍शुल्क एप इन्स्टल गर्नुहोस्‌।

बहिराहरूका लागि के-कस्ता सामग्री उपलब्ध छन्‌?

 साङ्‌केतिक भाषाको बाइबल। अमेरिकी साङ्‌केतिक भाषामा पवित्र बाइबल—नयाँ संसार अनुवाद उपलब्ध छ। यो नै बाइबलको ६६ वटै किताब उपलब्ध भएको पहिलो साङ्‌केतिक भाषाको बाइबल हो। अहिले नयाँ संसार अनुवाद पूरा वा आंशिक गरी अरू थुप्रै साङ्‌केतिक भाषामा पनि उपलब्ध छन्‌ अनि वर्षेनी नयाँ भाषाहरू थपिँदै छन्‌। (भाषाहरूको सूची हेर्न वा अनलाइन बाइबल हेर्न “ साङ्‌केतिक भाषामा नयाँ संसार अनुवाद बाइबल” पेटी हेर्नुहोस्‌।)

 बाइबलका कुराहरू बुझ्न मदत दिने भिडियोहरू। यहोवाका साक्षीहरूले मानिसहरूलाई बाइबलले दिने व्यावहारिक सल्लाहहरू थाह पाउन र ती जीवनमा लागू गर्न साङ्‌केतिक भाषाका भिडियोहरू तयार पारेका छन्‌। जस्तै:

 बाइबलबारे सिकाउन मिलाइएको प्रबन्ध। तपाईँ कुनै एक जना यहोवाको साक्षीको मदत लिएर साङ्‌केतिक भाषामा बाइबलका कुराहरू बुझ्न सक्नुहुन्छ। यसको लागि तपाईँ आफूलाई चाहिनेजति समय लिन सक्नुहुन्छ। यस्तो छलफलको लागि पैसा तिर्नुपर्दैन। बाइबल अध्ययन कसरी गराइन्छ भनेर हेर्न कृपया अनुरोध पठाउनुहोस्‌

 जेसन सेनहुनुन फिलिपिन्समा बस्छन्‌। बाइबल अध्ययन गरेर तिनले कसरी ईश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न सके, हेर्नुहोस्‌।

 होण्डुरसका मारियो आन्तोनेज चर्चका पास्टर थिए। तिनले बाइबलबारे तिनको मनमा उठेका प्रश्‍नहरूको जवाफ कसरी पाए भनेर बुझ्न “मेरो मनमा जवाफभन्दा प्रश्‍न धेरै थिए” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 सभाहरू र अन्य कार्यक्रमहरू। साङ्‌केतिक भाषाका मण्डलीहरू र समूहहरू संसारभरि नै छन्‌। त्यस्ता सभाहरूमा बहिराहरू यहोवाबारे सिक्न हरेक हप्ता एक ठाउँमा भेला हुन्छन्‌। यहोवाका साक्षीहरूले हरेक वर्ष साङ्‌केतिक भाषाका सम्मेलन तथा अधिवेशनहरू पनि आयोजना गर्छन्‌। हाम्रा सभाहरू र त्यस्ता कार्यक्रमहरूमा सुन्‍न र देख्न नसक्ने व्यक्‍तिहरूको लागि दोभासेको पनि प्रबन्ध गरिएको हुन्छ। हामी ब्रेलका साहित्यहरू पनि निश्‍शुल्क उपलब्ध गराउँछौँ।

 होजे लुइस अयाला मेक्सिकोमा बस्छन्‌। तिनी जन्मँदै बहिरा थिए र पछि दृष्टि पनि गुमाए। बाइबलको प्रभावकारी शिक्षक बन्‍न तिनले कसरी मदत पाए, हेर्नुहोस्‌।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।