सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Yan Zabolotnyi/stock.adobe.com

जागा रहो!

बढ्‌दो अराजकता—यसबारे बाइबल के भन्छ?

बढ्‌दो अराजकता—यसबारे बाइबल के भन्छ?

 हाइटीमा हिंसात्मक गतिविधिले उग्र रूप लिएको छ। दक्षिण अफ्रिका, मेक्सिको अनि अरू ल्याटिन अमेरिकी देशहरूको अवस्था पनि त्यस्तै छ। हिंसाको खबर धेरै नसुनिने ठाउँहरूमा पनि लुटपाट तथा अरू कुराले गर्दा मानिसहरू असुरक्षित अनि चिन्तित महसुस गर्छन्‌।

 संसारभरि बढ्‌दै गइरहेको यस्तो अराजकताबारे बाइबल के भन्छ?

अराजकताबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो

 बाइबलमा अराजकता अर्थात्‌ दुष्टता “आखिरी समयको चिन्ह” हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। (मत्ति २४:३) आखिरी समयमा हुने घटनाहरूबारे बताउनुहुँदा येसुले भन्‍नुभयो:

  •  दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ।”—मत्ति २४:१२.

 “अन्तको दिनमा” मानिसहरू “असंयमित, निष्ठुर, भालाइलाई प्रेम नगर्ने” हुनेछन्‌ भनेर पनि भविष्यवाणी गरिएको थियो। (२ तिमोथि ३:१-५) यस्तो स्वार्थी मनोभावले गर्दा नै अराजकता बढ्‌दै गइरहेको छ।

 तर एउटा आशाको किरण छ। बाइबलमा अराजकता जरैसमेत उखेलिनेछ भनेर पनि प्रतिज्ञा गरिएको छ।

  •   “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

 बाइबलले दिने आशाको सन्देशबारे थप कुरा बुझ्नुहोस्‌। अहिले भइरहेका घटनाले बाइबलको भविष्यवाणी कसरी पूरा गर्छ भनेर पनि सिक्नुहोस्‌। यी कुराहरूबारे थप जानकारीको लागि निम्न लेखहरू हेर्नुहोस्‌।

 म कहाँ आशा पाउन सक्छु?

 ‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?

 अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?—यसबारे बाइबल के भन्छ?