सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

स्तब्ध पार्ने गोलीकाण्डहरू—यसबारे बाइबल के भन्छ?

स्तब्ध पार्ने गोलीकाण्डहरू—यसबारे बाइबल के भन्छ?

 जुलाई २०२२ मा संसारभरि नै स्तब्ध पार्ने खालका गोलीकाण्डहरू भए:

  •    “जापानका लोकप्रिय राजनीतिज्ञको [भूतपूर्व प्रधानमन्त्री सिन्जो आबे] हत्याले पूरै देश स्तब्ध भयो र यस खबरले विश्‍वलाई नै हल्लाएको छ। किनभने जापानमा आपराधिक घटनाहरू विरलै हुने गर्छन्‌ र त्यहाँ सर्वसाधारणले बन्दुक राख्न पाउने नियम निकै कडा छ।”—जुलाई १०, २०२२, द जापान टाइम्स।

  •    “डेनमार्कको व्यस्त मलमा बन्दुकधारीले गोली चलाउँदा ३ को मृत्यु।”—जुलाई ४, २०२२, कान्तिपुर समाचार।

  •    “दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु।”—जुलाई १०, २०२२, ईमेजखबर।

  •    “जुलाई ४ को सप्ताहन्तमा अमेरिकामा भएका गोलीकाण्डहरूमा परेर २२० जनाभन्दा धेरैको मृत्यु।”—जुलाई ५, २०२२, सी बी एस न्युज।

 यस्तो हिंसाको अन्त हुने के कुनै आशा छ? यसबारे बाइबल के भन्छ?

हिंसाको अन्त

 बाइबलमा हामी बाँचिरहेको समयलाई “अन्तको दिन” भनिएको छ। (२ तिमोथि ३:१, ३) त्यसैले मानिसहरू निष्ठुर, क्रूर र हिंस्रक भएका छन्‌। यस्ता हिंस्रक घटनाहरूले गर्दा मानिसहरू डरैडरमा बाँचिरहेका छन्‌। (लुका २१:११) तर एकदिन हिंसाको अन्त हुनेछ र “मानिसहरू . . . शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌” भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (यसैया ३२:१८) हिंसाको अन्त कसरी हुनेछ?

 परमेश्‍वरले दुष्टहरू र हातहतियार नाश गर्नुहुनेछ।

  •    “दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌।”—हितोपदेश २:२२.

  •    “पृथ्वीबाट [परमेश्‍वरले] युद्ध नामेट पार्नुहुन्छ। उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ; युद्धका रथहरू उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:९.

 परमेश्‍वरले मानिसहरूलाई शान्तिमा बस्न सिकाएर हिंसाको मूल जडलाई उखेल्नुहुनेछ।

  •    “मेरो पवित्र डाँडामा तिनीहरूले कुनै हानि गर्नेछैनन्‌ किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।”—यसैया ११:९.

  •    अहिले पनि परमेश्‍वर संसारभरका मानिसहरूलाई ‘आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउन र भाला पिटेर हँसिया बनाउन’ अर्थात्‌ हिंसा र हतियार त्याग्न सिकाउँदै हुनुहुन्छ।—मिका ४:३.

 के डराउनै नपर्ने समय आउला?” भन्‍ने लेख पढ्‌नुहोस्‌ र डरविनाको संसारबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ, थाह पाउनुहोस्‌।

 बल्ल पृथ्वीभरि शान्ति!” भन्‍ने लेख पढ्‌नुहोस्‌ र हिंसाको स्थायी समाधानबारे थप कुरा बुझ्नुहोस्‌।