सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

मूर्तिपूजा—यसबारे बाइबल के भन्छ?

मूर्तिपूजा—यसबारे बाइबल के भन्छ?

 क्याथोलिक न्युज सर्भिसअनुसार भ्याटिकन सिटीको एउटा चर्चमा (St. Peter’s Basilica) मार्च २५, २०२२ मा आयोजना गरिएको समारोहमा पोप फ्रान्सिस्‌ले मरियमको मूर्तिसामु “आफ्नो शिर निहुराए र आँखा बन्द गरेर मनमनै प्रार्थना गरे।” तिनले शान्तिको लागि “मरियमलाई बिन्ती गरे।” भ्याटिकन न्युजको एउटा रिपोर्टमा ‘पोपले मरियमसामु सम्पूर्ण मानिसजातिको लागि अनि अझ विशेषगरि रुस र युक्रेनको मिलाप अनि शान्तिको लागि बिन्ती गरे’ भनेर बताइएको थियो।

 तपाईँलाई कस्तो लाग्छ? उपासनामा मूर्ति वा प्रतिमा प्रयोग गर्नु ठीक होला? यी बाइबल पदहरू विचार गर्नुहोस्‌:

  •   “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू। तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।”—प्रस्थान २०:४, ५. a

  •   “तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌, ती त मानिसका हातको काम हुन्‌। तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌; आँखा छन्‌ तर देख्न सक्दैनन्‌; तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌; नाक छ तर सुँघ्न सक्दैनन्‌; हात छन्‌ तर छाम्न सक्दैनन्‌; खुट्टा छन्‌ तर हिँड्‌न सक्दैनन्‌; तिनीहरूले आफ्नो गलाबाट आवाज निकाल्न सक्दैनन्‌। तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌; तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।”—भजन ११५:४-८.

  •   “म यहोवा हुँ। मेरो नाम त्यही हो। मेरो महिमा म कसैसित बाँड्‌दिनँ; मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।”—यसैया ४२:८, फुटनोट।

  •   “मूर्तिपूजाबाट भाग।”—१ कोरिन्थी १०:१४.

  •   “मूर्तिहरूदेखि अलग रहो।”—१ युहन्‍ना ५:२१.

 थप जानकारीको लागि “बाइबलको दृष्टिकोण—मूर्ति” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌ वा के परमेश्‍वरलाई उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको मन पर्छ? भिडियो हेर्नुहोस्‌।

 निम्न विषयहरूबारे पनि बाइबल के भन्छ, बुझ्नुहोस्‌:

Photo credit: Vincenzo Pinto/AFP via Getty Images

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।