सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

fcafotodigital/E+ via Getty Images

भिगन जीवनशैली—यसबारे बाइबल के भन्छ?

भिगन जीवनशैली—यसबारे बाइबल के भन्छ?

 अहिले संसारमा थुप्रै मानिस भिगन जीवनशैलीतर्फ आकर्षित भइरहेका छन्‌।

  •   “भिगन जीवनशैली एउटा यस्तो जीवनशैली हो, जसमा मानिसहरू पशुपक्षीलाई खानेकुरा, लुगा वा अन्य प्रयोजनको लागि हानि पुऱ्‍याउनु हुँदैन र क्रूर व्यवहार गर्नु हुँदैन भन्‍ने सोचाइ राख्छन्‌।”—द भिगन सोसाइटी।

 केही मानिस पशुपक्षीप्रतिको मायाले मात्र होइन, पर्यावरणप्रतिको सचेतना, स्वास्थ्य वा धार्मिक आस्थाका कारण पनि भिगन जीवनशैली अपनाउँछन्‌।

  •   “भिगन जीवनशैली अन्य खानपानसम्बन्धी जीवनशैलीभन्दा फरक छ। किनकि मानिसहरू यसलाई एउटा विश्‍वास, नैतिकताको आधारमा गरिने छनौट र संसारलाई अझै राम्रो बनाउने एउटा अभियानको रूपमा हेर्छन्‌।”—ब्रिटानिका एकेडेमिक।

 के भिगन जीवनशैलीले पृथ्वीका समस्याहरू हटाउन सक्छ? यसबारे बाइबल के भन्छ?

मानिस र पशुपक्षीप्रति परमेश्‍वरको दृष्टिकोण

 हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वर a मानिसलाई जनावरभन्दा श्रेष्ठ ठान्‍नुहुन्छ र उहाँले मानिसलाई जनावरमाथि अधिकार गर्ने अनुमति दिनुभएको छ भनेर बाइबलमा बताइएको छ। (उत्पत्ति १:२७, २८) पछि गएर परमेश्‍वरले मानिसहरूलाई पशुपक्षीको मासु खाने अनुमति दिनुभयो। (उत्पत्ति ९:३) तर उहाँ पशुपक्षीलाई गरिने दुर्व्यवहारलाई बेवास्ता गर्नुहुन्‍न।—हितोपदेश १२:१०.

 मासु खाने वा नखाने, व्यक्‍तिगत छनौटको b कुरा हो। परमेश्‍वरले हामीलाई यही छनौटको आधारमा असल वा खराब ठहराउनुहुन्‍न। (१ कोरिन्थी ८:८) त्यसैले खानेकुरासम्बन्धी अरूले गरेको निर्णयको हामीले आलोचना गर्नु हुँदैन।—रोमी १४:३.

सुन्दर भविष्य—कसरी?

 हामीले अपनाउने जीवनशैलीले संसारका समस्याहरूको समाधान गर्न सक्दैन भनेर बाइबलबाट बुझ्न सक्छौँ। अहिले संसारमा भइरहेका थुप्रै समस्याको जड संसारको राजनैतिक, सामाजिक र आर्थिक प्रणाली हो। यसको समाधान कुनै मानिसले गर्न सक्दैन। यसबारे बाइबल यसो भन्छ:

 सृष्टिकर्ताले हामीले भोगिरहेका समस्याहरू समाधान गर्नुहुनेछ। यसबारे बाइबलमा प्रतीकात्मक रूपमा यसो भनिएको छ:

  •   “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए अनि समुद्र पनि रहेन।”—प्रकाश २१:१.

 परमेश्‍वरले “पहिलेको आकाश”-को ठाउँमा “नयाँ आकाश” स्थापना गर्नुहुनेछ। भन्‍नुको मतलब उहाँले मानव सरकारहरूलाई हटाएर स्वर्गीय राज्य स्थापना गर्नुहुनेछ। उहाँको राज्यले “पहिलेको पृथ्वी”-लाई अर्थात्‌ दुष्ट मानिसहरूलाई हटाउनेछ र “नयाँ पृथ्वी” अर्थात्‌ राजीखुसीले यस राज्यको अधीनमा बस्ने मानिसहरूमाथि शासन गर्नेछ।

 मानिसहरूले परमेश्‍वरको राज्यमा मात्रै पशुपक्षी र वातावरणलाई कुनै हानि नपुऱ्‍याई जीवन बिताउन सिक्नेछन्‌।—यसैया ११:६-९.

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

b बाइबलमा हामीलाई ‘रगतबाट अलग रहनू’ भनेर आज्ञा दिइएको छ। (प्रेषित १५:२८, २९) यसको अर्थ हामीले रगत पिउनु हुँदैन अनि रगत ननिथारिएको मासु खानु हुँदैन न त रगत मिसाइएको कुनै खानेकुरा नै खानु हुन्छ।