सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

id-work/​DigitalVision Vectors via Getty Images

जागा रहो!

यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?

यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?

 अहिले समाचारहरूमा जताततै घृणाले भरिएको अभिव्यक्‍ति, घृणाले गर्दा भएका अपराधहरू, जातीय हिंसा र युद्धका खबरहरू पाउँछौँ।

  •   “इजरायल-गाजा युद्धले गर्दा अनि हिंसा र घृणाको आगो सल्काउने मानिसहरूले गर्दा अहिले सामाजिक सञ्जालमा पहिलाभन्दा धेरै घृणाले भरिएका अभिव्यक्‍तिहरू पाइन्छ।”​—द न्यु योर्क टाइम्स, नोभेम्बर १५, २०२३।

  •   “अक्टोबर ७ देखियता पूर्वाग्रहको कारण घृणाले भरिएका अभिव्यक्‍तिहरू र हिंसा एक्कासि बढेको छ।”​—डेनिस फ्रान्सिस, संयुक्‍त राष्ट्र सङ्‌घको महासभाका अध्यक्ष, नोभेम्बर ३, २०२३.

 घृणाले भरिएको अभिव्यक्‍ति, हिंसा र युद्ध कुनै नौलो कुरा होइन। बाइबलमा ‘काँड ताकेझैँ क्रूर शब्दहरूले ताक्नेहरूबारे’ अनि लडाइँ र हिंसा मच्चाउनेहरूबारे बताइएको छ। (भजन ६४:३; १२०:७; १४०:१) अनि अहिले हामीले देखिरहेको घृणाको विशेष अर्थ छ भनेर बाइबलमा बताइएको छ।

घृणा​—अन्तिम दिनको चिन्ह

 अहिले संसारमा यत्ति धेरै घृणा व्याप्त हुनुको दुई वटा कारणबारे बाइबलमा बताइएको छ।

  1.  १. “धेरै जनाको प्रेम सेलाएर” जाने समय आउनेछ भनेर बाइबलमा बताइएको थियो। (मत्ति २४:१२) अहिले अधिकांश मानिसले एकअर्कालाई प्रेम देखाउनुको साटो घृणा गर्न उक्साउने दुर्गुणहरू देखाइरहेका छन्‌।​—२ तिमोथि ३:१-५.

  2.  २. अहिले सल्किरहेको घृणाको आगोले क्रूर र निर्दयी सैतानको मनोभाव झल्काउँछ। बाइबलमा बताइएअनुसार “सारा संसार त्यस दुष्टको [अर्थात्‌ सैतानको] हातमा परेको छ।”​—१ युहन्‍ना ५:१९, फुटनोट; प्रकाश १२:९, १२.

 तर परमेश्‍वरले चाँडै घृणाको मूल जडलाई उखेल्नुहुनेछ भनेर पनि बाइबलमा बताइएको छ। त्यति मात्र होइन, घृणाले गर्दा मानिसहरूको मनमा परेका चोटहरूलाई पनि उहाँले निको पार्नुहुनेछ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ:

  •   परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”​—प्रकाश २१:४.