सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

hadynyah/E+ via Getty Images

जागा रहो!

युद्ध र जलवायु परिवर्तनले निम्त्याएको विश्‍वव्यापी खाद्य सङ्‌कट—यसबारे बाइबल के भन्छ?

युद्ध र जलवायु परिवर्तनले निम्त्याएको विश्‍वव्यापी खाद्य सङ्‌कट—यसबारे बाइबल के भन्छ?

 युक्रेनमा चलिरहेको युद्धलगायत जलवायु परिवर्तनको असरहरूले गर्दा विश्‍वव्यापी खाद्य सङ्‌कट चुलिँदै गएको छ। खासगरि थुप्रै अविकसित देशका मानिसहरू खानेकुराको अभावले गर्दा मारमा परेका छन्‌।

  •   “युद्ध, जलवायु परिवर्तन, बढ्‌दो इन्धन मूल्य र अन्य समस्याले गर्दा खाद्य उत्पादन र वितरणमा असर पुगेको छ।”—एन्टोनियो गुटेरेस, संयुक्‍त राष्ट्रसंघका महासचिव, जुलाई १७, २०२३.

  •   “रूसले अन्‍न निर्यात सम्झौता भङ्‌ग गरेसँगै संसारभर खाद्य सङ्‌कट बढ्‌ने अनि उत्तर अफ्रिकी र मध्य पूर्वी देशहरूजस्ता आर्थिक स्तर कमजोर भएका देशहरूमा महँगीले आकाश छुने विज्ञहरूको धारणा छ।”—Atalayar.com, जुलाई २३, २०२३.

 बाइबलले खाद्य सङ्‌कट र भविष्यबारे के भन्छ, विचार गर्नुहोस्‌।

बाइबलमा अनिकालबारे भविष्यवाणी गरिएको छ

  •   येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ अनि ठाउँठाउँमा अनिकाल . . . हुनेछ।”मत्ति २४:७.

  •   बाइबलको प्रकाश भन्‍ने किताबमा चार घोडसवारबारे बताइएको छ। तीमध्ये एक घोडसवारले युद्धलाई चित्रण गर्छ। तिनीपछिको अर्को घोडसवारले अनिकाललाई चित्रण गर्छ। अनिकाल छाएको त्यस समयमा खानेकुराको चरम अभाव हुनेछ र महँगीले आकाश छुनेछ। “मैले एउटा कालो घोडा देखें। घोडसवारको हातमा एउटा तराजू थियो। . . . एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, ‘एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ।’”—प्रकाश ६:५, ६, नयाँ संशोधित संस्करण।

 अनिकालबारे गरिएका यी भविष्यवाणीहरू अहिले पूरा हुँदै छन्‌। बाइबलमा यस समयलाई “अन्तको दिन” भनिएको छ। (२ तिमोथि ३:१) अन्तको दिन र प्रकाशको किताबमा बताइएको चार घोडसवारबारे थप कुरा बुझ्न इस्वी संवत्‌ १९१४ देखि संसार परिवर्तन भएको छ भन्‍ने भिडियो हेर्नुहोस्‌ र “चार घोडसवार—तिनीहरू को हुन्‌?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

बाइबलले कसरी मदत गर्न सक्छ?

  •   बाइबलमा बढ्‌दो महँगी र अनिकालजस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न मदत गर्ने व्यावहारिक सल्लाहहरू पाइन्छ। केही सल्लाह “कम खर्चमा कसरी गुजारा टार्ने” भन्‍ने लेखमा हेर्नुहोस्‌।

  •   बाइबलले हामीलाई उज्ज्वल भविष्यको आशा पनि दिन्छ। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ” भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ र त्यतिबेला कोही पनि भोको पेट सुत्नुपर्नेछैन। (भजन ७२:१६) बाइबलले दिने भविष्यको आशा र यस आशामा किन भरोसा गर्न सकिन्छ भन्‍नेबारे अझ धेरै जान्‍न “हाम्रो भविष्य उज्ज्वल छ!” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।