सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Rui Almeida Fotografia/Moment via Getty Images

जागा रहो!

राजनैतिक हिंसा—⁠यसबारे बाइबल के भन्छ?

राजनैतिक हिंसा—⁠यसबारे बाइबल के भन्छ?

 संसारभरि राजनैतिक हिंसा बढिरहेको छ।

  •   मेक्सिकोमा ३९ जना राजनैतिक उम्मेदवारहरूको हत्या गरियो, जुन अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। साथै राजनैतिक कारणहरूले गर्दा अरू तरिकामा पनि हिंसा मच्चिरहेको छ। यसले गर्दा मानिसहरू भयभीत भएका छन्‌। त्यति मात्र नभई मेक्सिकोमा २०२३-२०२४ मा भएका चुनावहरूमा पनि नराम्रो असर पुगिरहेको छ।

  •   हालसालै युरोपमा राजनैतिक कारणले गर्दा थुप्रै हिंसा मच्चिरहेको छ। जस्तै, मे १५, २०२४ मा स्लोभाकियाका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास गरियो।

  •   जुलाई १३, २०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरिँदा अमेरिकामा उथलपुथल मच्चिरहेको छ।

 राजनैतिक कारणले गर्दा किन यत्ति धेरै हिंसा भइरहेको छ? के यसको अन्त होला? यसबारे बाइबल के भन्छ?

राजनैतिक विभाजनबारे भविष्यवाणी

 हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनेर बाइबलमा बताइएको छ। त्यसैले अहिलेका मानिसहरूको स्वभाव हिंसा मच्चाउने र कुनै पनि कुरामा सहमत नहुने खालको छ।

  •   ‘तर अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू कृतघ्न, विश्‍वासघाती, कुनै पनि कुरामा सहमत नहुने, निष्ठुर, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने हुनेछन्‌।’—२ तिमोथि ३:१-४.

 अन्तको दिनमा मानिसहरूले सरकारको विद्रोह गर्नेछन्‌ अनि राजनीतिमा उथलपुथल मच्चिनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (लुका २१:९, फुटनोट) तर राजनैतिक कारणले गर्दा मच्चिने हिंसा र विभाजन भने सधैँभरि रहनेछैन।

राजनैतिक कारणले गर्दा हुने हिंसाको अन्त

 बाइबलमा परमेश्‍वरले मानव सरकारलाई हटाउनुभएर आफ्नो स्वर्गीय सरकार स्थापना गर्नुहुनेछ भनेर बताइएको छ।

  •   “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ . . . त्यसले यी [अरू] सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानिएल २:४४.

 परमेश्‍वरको राज्यले मानिसहरूलाई एकतामा बाँध्नेछ र संसारभरि शान्ति स्थापना गर्नेछ।

  •   बाइबलमा परमेश्‍वरको राज्यको शासक येसु ख्रिष्टलाई “शान्तिका राजकुमार” भनिएको छ। उहाँको शासनकालमा “सधैँ शान्ति छाउनेछ।”—यसैया ९:६, ७.

  •   अहिले पनि यस राज्यका बासिन्दाहरू कसरी शान्तिसित रहने भनेर सिक्दैछन्‌। यसबारे बाइबल भन्छ: “तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌ र भाला पिटेर हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।”—यसैया २:३, ४.

 थप जानकारीको लागि “परमेश्‍वरको राज्यले के गर्नेछ?” भन्‍ने लेख र परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो हेर्नुहोस्‌।