सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Ahmad Gharabli/AFP via Getty Images

जागा रहो!

के राष्ट्रहरू जलवायु परिवर्तनले निम्त्याउने प्रकोपहरूबाट बच्न एकजुट हुन सक्छन्‌?—यसबारे बाइबल के भन्छ?

के राष्ट्रहरू जलवायु परिवर्तनले निम्त्याउने प्रकोपहरूबाट बच्न एकजुट हुन सक्छन्‌?—यसबारे बाइबल के भन्छ?

 आइतबार, नोभेम्बर २०, २०२२ मा संयुक्‍त राष्ट्र सङ्‌घको २७औँ जलवायु परिवर्तन सम्मेलन सम्पन्‍न भयो। उक्‍त सम्मेलनमा जलवायु प्रकोपहरूको सामना गर्न गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग गरिने ऐतिहासिक सम्झौता भयो। तर यसले मूल समस्या समाधान भने गर्दैन भनेर धेरैले मानिलिएका छन्‌।

  •   संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसले नोभेम्बर १९, २०२२ मा यसो भने, “गरिब राष्ट्रहरूलाई जलवायु प्रकोपको सामना गर्न मदत दिनको लागि कोष तयार गर्ने निर्णयलाई म खुसीसाथ स्वागत गर्छु। तर यो पर्याप्त छैन। . . . हाम्रो पृथ्वी अझै पनि नाजुक अवस्थामा छ।”

  •   आयरल्याण्डकी पूर्व राष्ट्रपति तथा मानव अधिकारको लागि पूर्व संयुक्‍त राष्ट्रसङ्‌घीय उच्च आयुक्‍त मेरि रोबिन्सनले नोभेम्बर २०, २०२२ मा यसो भनिन्‌, “संसार अझै पनि भयानक जलवायु प्रकोपको सँघारमा छ।”

 खासगरि अहिले जवानहरू पृथ्वीलाई के हुने होला भनेर चिन्तित छन्‌। के राष्ट्रहरूले साँच्चै एकजुट भएर जलवायु परिवर्तनका समस्याहरू समाधान गर्न सक्लान्‌? यसबारे बाइबल के भन्छ?

के राष्ट्रहरू एकजुट हुन र सफल हुन सक्छन्‌?

 राष्ट्रहरूको मनसाय असलै भए पनि र जलवायु प्रकोपका समस्या हटाउन तिनीहरूले जति नै मेहनत गरे पनि तिनीहरूको प्रयास सीमित हुन्छ भनेर बाइबलले प्रस्ट पार्छ। किन? दुई वटा कारण विचार गर्नुहोस्‌:

  •   “जे टेढो छ, त्यसलाई सीधा पार्न सकिँदैन।”—उपदेशक १:१५.

     यसको अर्थ: मानिसहरू एकअर्कामाथि शासन गर्न सक्ने क्षमतासहित सृष्टि गरिएका होइनन्‌। त्यसैले जति नै असल योजना बनाए पनि सरकारहरू चुक्छन्‌। (यर्मिया १०:२३) राष्ट्रहरू एकजुट भएछन्‌ भने पनि र निकै स्रोतसाधन खर्च गरेछन्‌ भने पनि तिनीहरूले संसारका सबै समस्या हल गर्न सक्दैनन्‌।

  •   ‘किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने र कुनै पनि कुरामा सहमत नहुने हुनेछन्‌।’—२ तिमोथि ३:२, ३.

     यसको अर्थ: हाम्रो समयमा मानिसहरू आफैलाई मात्र प्रेम गर्ने र राम्रो नतिजा हासिल गर्न मिलेर काम नगर्ने स्वभावका हुनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो, जुन हाम्रो आँखाकै अगाडि पूरा भइरहेको छ।

आशा गर्न सकिने कारण

 तर हाम्रो पृथ्वीको भविष्य मानव सरकारहरूका वाचामा निर्भर छैन। परमेश्‍वरले हाम्रो लागि सक्षम शासक येसु ख्रिष्ट नियुक्‍त गर्नुभएको छ। उहाँबारे बाइबल यसो भन्छ:

  •   “शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ। तिनलाई बुद्धिमान्‌ सल्लाहकार, शक्‍तिशाली ईश्‍वर, युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।”—यसैया ९:६.

 येसु परमेश्‍वरको राज्य अर्थात्‌ स्वर्गमा स्थापना भएको सरकारको राजा हुनुहुन्छ। (मत्ति ६:१०) उहाँसित पृथ्वी र यहाँ बास गर्नेहरूको हेरचाह गर्न आवश्‍यक शक्‍ति र बुद्धिका साथै चाहना पनि छ। (भजन ७२:१२, १६) उहाँको नेतृत्वमा यस स्वर्गीय सरकारले “पृथ्वीका विनाशकारीहरू”-को अन्त्य गर्नेछ र पृथ्वीको वातावरणलाई फेरि राम्रो बनाउनेछ।—प्रकाश ११:१८; यसैया ३५:१,.

 विनाशकारी जलवायु परिवर्तनको स्थायी समाधानबारे थाह पाउन “जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?