सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Photo by Zhai Yujia/China News Service/VCG via Getty Images

जागा रहो!

विनाशकारी बाढीहरू—यसबारे बाइबल के भन्छ?

विनाशकारी बाढीहरू—यसबारे बाइबल के भन्छ?

 संसारभरि विनाशकारी बाढीहरूको कारण थुप्रै मानिस प्रभावित भएका छन्‌। केही समाचार विचार गरौँ:

  •   “पछिल्ला केही दिनभित्र चीनको राजधानीमा १४० वर्ष यताकै भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। शनिबारदेखि बुधबारसम्म ७४४.८ मिलिमिटर (२९.३ इन्च) वर्षा भएको थियो।”—ए.पी न्यूज, अगस्त २, २०२३।

  •   “खानुन नामक समुद्री आँधीको कारण जापानको दक्षिणी भागमा आएको भारी वर्षा र हुरीबतासले गर्दा बिहीबार दोस्रो दिन दुई जनाको ज्यान गएको छ। उक्‍त आँधीको कारण मध्य ताइवानको पहाडी क्षेत्रमा ०.६ मिटरसम्मको (२ फिट) वर्षा हुने अनुमान गरिएको छ।”—डि. डब्ल्यु, अगस्त ३, २०२३।

  •   “क्यानाडाको आन्द्र समुद्रले छोएको तटवर्ती क्षेत्रमा ५० वर्ष यताकै भारी वर्षा भएको थियो। यसले गर्दा सप्ताहन्तमा नोभा स्कटियामा बाढी गएको हो।”—बीबीसी न्यूज, जुलाई २४, २०२३।

 यस्ता घटनाहरूबारे बाइबल के भन्छ?

“अन्तको दिनको” चिन्ह

 बाइबलमा हामी बाँचिरहेको समयलाई “अन्तको दिन” भनिएको छ। (२ तिमोथि ३:१) येसुले हाम्रो समयमा “भयानक दृश्‍यहरू” देखिनेछन्‌ वा डरलाग्दा घटनाहरू हुनेछन्‌ भनेर भविष्यवाणी गर्नुभएको थियो। (लुका २१:११) जलवायु परिवर्तनले गर्दा पनि अहिले अप्रत्याशित मौसमी प्रकोपहरू बढ्‌दै गएका छन्‌ र झनै विनाशकारी रूप लिन थालेका छन्‌।

आशा गर्न सकिने कारण

 वास्तवमा अहिले संसारमा भइरहेका घटनाहरूले हामीलाई आशा गर्न सकिने कारण दिन्छ। किन? येसुले यसो भन्‍नुभयो: “जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।”—लुका २१:३१; मत्ति २४:३.

 यस्ता घटनाहरूले अब चाँडै परमेश्‍वरको राज्यले पृथ्वीको जल चक्रलगायत सबै प्राकृतिक तत्त्वलाई वशमा राख्नेछ भन्‍ने कुराको सङ्‌केत दिन्छ।—अय्युब ३६:२७, २८; भजन १०७:२९.

 परमेश्‍वरको राज्यले पृथ्वीको पर्यावरणीय समस्या कसरी समाधान गर्नेछ भनेर जान्‍न “पृथ्वीलाई कसले जोगाउनेछ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।