सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Anna Moneymaker/Getty Images

जागा रहो!

वैज्ञानिकहरूले विनाशसूचक घडीलाई अघि सारे—यसबारे बाइबल के भन्छ?

वैज्ञानिकहरूले विनाशसूचक घडीलाई अघि सारे—यसबारे बाइबल के भन्छ?

 जनवरी २४, २०२३ मा वैज्ञानिकहरूले विनाशसूचक घडी a मध्यरातको अझ नजिक पुगिसकेको बताए, जसले यस संसारको अन्त नजिकै छ भन्‍ने बुझाउँछ।

  •   “वैज्ञानिकहरूले बताएअनुसार युक्रेनको युद्ध, आणविक युद्धको डर र जलवायु परिवर्तनजस्ता कुराहरूले गर्दा ‘विनाशसूचक घडी’ अर्थात्‌ मानवजातिको विनाश मङ्‌गलबार मध्यरातको अझ नजिक पुग्यो।”—एएफपी इन्टरनेसनल टेक्स्ट वायर।

  •   वैज्ञानिकहरूले बताएअनुसार ‘विनाशसूचक घडी’-मा मध्यरात हुन अब ९० सेकेन्डमात्र बाँकी छ। मानिसजाति सबै कुराको अन्त हुने समयको यत्ति नजिक पहिला कहिल्यै पुगेको थिएन।”—एबिसी न्युज।

  •   “अन्तरराष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले मानिसजातिको अस्तित्व नामेट हुने खतरा पहिलेभन्दा झनै बढेको छ भनी बतायो।”—द गार्डियन।

 के मानिसजाति अनि यस पृथ्वीको अन्त नजिकै छ? के हामी भविष्यबारे चिन्तित हुनुपर्छ? यसबारे बाइबल के भन्छ?

भविष्यमा के हुनेछ?

 बाइबलमा बताइएअनुसार “पृथ्वी भने सधैँभरि रहिरहन्छ” अनि त्यहाँ बस्ने मानिसहरू “सधैँभरि रहनेछन्‌”। (उपदेशक १:४; भजन ३७:२९) त्यसैले मानिसहरूले पृथ्वी विनाश गर्ने छैनन्‌ वा कोही पनि बस्नै नमिल्ने अवस्थामा पुऱ्‍याउने छैनन्‌।

 तर बाइबलले अन्त आउने कुरा बताएको छ। उदाहरणको लागि, बाइबलमा “संसार बितेर जाँदै छ” भनेर लेखिएको छ।—१ युहन्‍ना २:१७.

  •   बाइबलले बताउने अन्तबारे अझ राम्रोसँग बुझ्न ““अन्त” तर के को?” भन्‍ने लेख हेर्नुहोस्‌।

  •   संसारको अन्त हुनुअघि घट्‌ने घटनाहरूबारे अझ बुझ्न “संसारको अन्त कहिले हुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

सकारात्मक हुनुहोस्‌

 बाइबलले हामीलाई संसारमा भइरहेका समस्याहरूको बाबजुद सकारात्मक भइरहन मदत गर्छ। कसरी?

  •   बाइबलले हामीलाई व्यावहारिक सुझाव दिन्छ? (२ तिमोथि ३:१६, १७) उदाहरणको लागि, जीवनमा आइपर्ने चुनौतीहरूको बाबजुद सकारात्मक भइरहन बाइबलले कसरी मदत गर्छ भनेर बुझ्न “तनावको सामना कसरी गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

  •   बाइबलमा दिइएको भविष्यको आशामा हामी भरोसा गर्न सक्छौँ। (रोमी १५:४) यसमा अहिलेको अवस्था र भविष्यबारे स्पष्टसित बताइएको छ, जसले हामीलाई ढुक्क भई संसारमा भइरहेका घटनाहरूको सामना गर्न मदत गर्छ।

 बाइबलबाट अझ धेरै सिक्न हामी तपाईँलाई निश्‍शुल्क बाइबल अध्ययन गर्ने निम्तो दिन्छौँ।

a “विनाशसूचक घडी भनेको यस मानव संसारको विनाशबारे सूचना दिन बनाइएको प्रतीकात्मक घडी हो। यसले हानिकारक आविष्कार र प्रविधिले गर्दा पूरै मानवजाति विनाशको कत्ति नजिक पुगेको छ भन्‍ने कुराको सङ्‌केत दिन्छ। साथै यसले विनाशदेखि जोगिन कदम चाल्न पनि सम्झाउँछ।”—बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌।