सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Sean Gladwell/Moment via Getty Images

जागा रहो!

विश्‍वको सैन्य खर्च २० खरब डलर नाघ्यो—यसबारे बाइबल के भन्छ?

विश्‍वको सैन्य खर्च २० खरब डलर नाघ्यो—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२२ मा विश्‍वको सैन्य खर्च २२ खरब ४० अरब अमेरिकी डलर पुग्यो। यो अहिलेसम्मकै सबैभन्दा धेरै खर्च हो। यसको एउटा मुख्य कारण रूस-युक्रेन युद्ध हो। सन्‌ २०२३ अप्रिलमा प्रकाशित स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको (SIPRI) रिपोर्टअनुसार २०२२ मा:

  •   युरोपेली सैन्य खर्च “१३ प्रतिशतले बढ्यो। सन्‌ १९९१ मा शीतयुद्ध सिद्धिएपछिको यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।”

  •   “रूसले ... आफ्नो सैन्य खर्च लगभग ९.२ प्रतिशतले बढायो। सैन्य क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्नेहरूको सूचीमा रूस पाँचौँबाट तेस्रो स्थानमा पुगेको छ।”

  •   सैन्य क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्ने देश अमेरिका हो। “संसारको कुल सैन्य खर्चमा अमेरिकाको खर्च ३९ प्रतिशत छ।”

 “हालैका वर्षहरूमा संसारको सैन्य खर्च निरन्तर बढेको कुराले हामी एकदमै असुरक्षित संसारमा बाँचिरहेका छौँ भन्‍ने सङ्‌केत दिन्छ।”—डा. नान्‌ टाइन्‌, SIPRI द्वारा प्रकाशित रिपोर्टका सहलेखक।

 संसारका शक्‍तिशाली राष्ट्रहरूबीच द्वन्द्व चर्किँदै जानेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। तर खुसीको कुरा, साँचो शान्ति छाउने दिन पनि आउनेछ भनेर बाइबलमा बताइएको छ।

युद्धबारे गरिएको भविष्यवाणी

  •   बाइबलमा हामी बाँचिरहेको समयलाई “अन्तको दिन” भनिएको छ।—दानिएल ८:१९.

  •   दानिएलको किताबमा भविष्यवाणी गरिएझैँ विश्‍वका शक्‍तिशाली राष्ट्रहरू एकअर्कासित “भिड्‌नेछन्‌।” विश्‍वमाथि प्रभुत्व जमाउने होडबाजीमा तिनीहरूले थुप्रै “खजाना” अर्थात्‌ धनसम्पत्ति खर्च गर्नेछन्‌।—दानिएल ११:४०, ४२, ४३.

 बाइबलमा गरिएको यस रोचक भविष्यवाणीबारे अझ धेरै बुझ्न भविष्यवाणीको पूर्ति—दानिएल अध्याय ११ भन्‍ने भिडियो हेर्नुहोस्‌।

साँचो शान्ति कसरी छाउनेछ?

  •   बाइबलमा बताइएअनुसार परमेश्‍वरले मानव सरकारहरू हटाउनुहुनेछ। अनि “एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन। अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानिएल २:४४.

  •   मानिसहरूले साँचो र चिरस्थायी शान्ति कहिल्यै ल्याउन सक्दैनन्‌ तर यहोवा a परमेश्‍वरले चाँडै त्यस्तो शान्ति ल्याउनुहुनेछ। कसरी? स्वर्गमा स्थापना भएको उहाँको राज्यले सबै हातहतियार नाश गर्नेछ र सबै युद्ध नामेट पार्नेछ।—भजन ४६:८, ९.

 परमेश्‍वरको राज्यले अरू के-कस्ता कामहरू गर्नेछ भनेर अझ धेरै बुझ्न “परमेश्‍वरको राज्यमा ‘शान्ति छाउनेछ’” भन्‍ने लेख पढ्‌नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.