सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

स्कुलमा हुने गोलीकाण्डहरू—यसबारे बाइबल के भन्छ?

स्कुलमा हुने गोलीकाण्डहरू—यसबारे बाइबल के भन्छ?

 मे २४, २०२२ मा अमेरिकाको टेक्ससस्थित युभाल्डे भन्‍ने सानो सहरमा एउटा अप्रिय घटना घट्यो। द न्यु योर्क टाइम्स पत्रिकाअनुसार “एक बन्दुकधारीले रब एलिमेन्टरी स्कुलमा १९ जना केटाकेटी र दुई जना शिक्षकको हत्या गऱ्‍यो।”

 दुःखको कुरा, यस्ता भयानक घटनाहरू सामान्य भइसकेका छन्‌। यु एस ए टुडे पत्रिकाअनुसार अमेरिकामा मात्रै “गत वर्ष स्कुलहरूमा २४९ वटा गोलीकाण्ड भए; १९७० पछिका अरू कुनै पनि वर्षमा यत्ति धेरै गोलीकाण्ड भएका थिएनन्‌।”

 यस्ता दर्दनाक घटनाहरू किन हुन्छन्‌? यस्ता घटनाहरूको हामी कसरी सामना गर्न सक्छौँ? हिंसाको अन्त हुने कुनै आशा छ? बाइबलले यी प्रश्‍नहरूको जवाफ दिन्छ।

संसारमा किन हिंसा बढ्‌दै छ?

 थुप्रै मानिसलाई यस्तो लाग्छ, ‘ईश्‍वरले स्कुल गोलीकाण्डजस्ता अप्रिय घटनाहरू हुनदेखि किन रोक्नुहुन्‍न?’ बाइबलले दिने जवाफ थाह पाउन “असल मानिसहरूले दुःख पाउँछन्‌—किन?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

हामी यस्ता अप्रिय घटनाहरूको सामना कसरी गर्न सक्छौँ?

  •    “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि . . . धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”—रोमी १५:४.

 बाइबलका सिद्धान्तहरूले हामीलाई यस्ता हिंसात्मक घटनाहरूको सामना गर्न मदत गर्छ। थप जानकारीको लागि “के हिंसाको कहिल्यै अन्त होला?” भन्‍ने विषयको ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिका पढ्‌नुहोस्‌।

 दर्दनाक समाचारहरू सुन्दा वा देख्दा बच्चाहरूको मनमा डर पैदा हुन सक्छ। आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌ भनेर थाह पाउन “नराम्रो समाचार सुनेर डराएका छोराछोरीलाई मदत गर्नुहोस्‌” भन्‍ने लेख पढ्‌नुहोस्‌।

के हिंसाको अन्त होला?

  •    “तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१४.

  •    “तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌ र भाला पिटेर हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।”—मिका ४:३.

 मानिसहरूले कहिल्यै गर्न नसक्ने काम ईश्‍वरले गर्नुहुनेछ। उहाँको स्वर्गीय राज्यले सबै हातहतियार नष्ट गर्नेछ र हिंसाको अन्त गर्नेछ। यस राज्यले के-के गर्नेछ भनेर अझ धेरै बुझ्न “परमेश्‍वरको राज्यमा ‘शान्ति छाउनेछ’” भन्‍ने लेख पढ्‌नुहोस्‌।