सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Left: Hurricane Ian, Florida, USA, September 2022 (Sean Rayford/Getty Images); center: Mother evacuating with her son, Donetsk, Ukraine, July 2022 (Alex Chan Tsz Yuk/SOPA Images/LightRocket via Getty Images); right: Mass COVID testing, Beijing, China, April 2022 (Kevin Frayer/Getty Images)

जागा रहो!

सन्‌ २०२२: समस्या र तनावले भरिएको वर्ष—यसबारे बाइबल के भन्छ?

सन्‌ २०२२: समस्या र तनावले भरिएको वर्ष—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२२ मा युद्ध, आर्थिक कठिनाइ र प्रकोपसम्बन्धी थुप्रै समाचार सुनियो। यी सब घटना घट्‌नु पछाडिको कारण बाइबलमा मात्र पाइन्छ।

सन्‌ २०२२ मा घटेका घटनाहरूको अर्थ

 यस वर्ष घटेका घटनाहरूले हामी बाइबलमा बताइएझैँ “अन्तको दिनमा” बाँचिरहेका छौँ भनी प्रमाणित गर्छ। (२ तिमोथि ३:१) त्यो समय सन्‌ १९१४ देखि सुरु भयो। अहिले भइरहेका घटना र बाइबलमा यो समयबारे गरिएका भविष्यवाणी कसरी मेल खान्छ, बुझ्नुहोस्‌:

 “युद्ध”मत्ति २४:⁠६.

  •    “सन्‌ २०२२ मा युरोपेली मुलुकहरूले फेरि युद्धका असरहरू झेल्नुपऱ्‍यो।” a

 युक्रेनमाथि रुसको हमला” भन्‍ने लेख हेर्नुहोस्‌।

 “ठाउँ-ठाउँमा अनिकाल”मत्ति २४:७.

  •    “सन्‌ २०२२: भोकमरीले विकराल रूप लियो।” b

 “महामारी”लुका २१:११.

  •    “पोलियो अनि मङ्‌किपक्स फेरि फैलियो र कोभिड-१९ फैलन पनि रोकिएको छैन। यसबाट सरुवा रोगहरू कत्ति खतरनाक छ अनि यसले मानिसहरूलाई कुन हदसम्म असर गर्न सक्छ भनेर प्रस्ट भयो।” c

 कोभिडको कारण ६० लाख मानिसको मृत्यु” भन्‍ने लेख हेर्नुहोस्‌।

 “भयानक दृश्‍यहरू”लुका २१:११.

  •    “अत्यधिक गर्मी, खडेरी, डढेलो अनि बाढी। सन्‌ २०२२ को गर्मी याममा मौसममा आएको अत्यधिक परिवर्तनले ठूलो क्षति पुऱ्‍यायो। हजारौँ मानिसहरू मरे र लाखौँले घरबार गुमाए।” d

 ‘गोलमाल [वा, ‘उथलपुथल; विद्रोह,’ फुटनोट]लुका २१:९.

  •    “आर्थिक समस्याहरू, विशेषगरि मूल्यवृद्धिले गर्दा क्रोधित भएका जनताले सरकारविरुद्ध थुप्रै आन्दोलन गरे। सन्‌ २०२२ मा यस्ता आन्दोलनहरूले ठूलो रूप लियो।” e

 विश्‍वव्यापी मूल्यवृद्धि” भन्‍ने लेख हेर्नुहोस्‌।

आउने वर्ष झन्‌ के हुनेछ?

 सन्‌ २०२३ यस्तै हुनेछ भनेर कसैले ठोकुवा गर्न सक्दैन। तर हामीलाई कुन कुरा थाह छ भने परमेश्‍वरको स्वर्गीय सरकारले यस पृथ्वीमा परिवर्तन ल्याउनेछ। (दानिएल २:४४) यस सरकारले दुःखकष्टको कारणलाई जरैसमेत उखेल्नेछ अनि पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ।—मत्ति ६:९, १०.

 येसु ख्रिष्टले दिनुभएको सल्लाहअनुसारै हामी तपाईँलाई ‘जागा रहन’ प्रोत्साहन दिन चाहन्छौँ। (मर्कुस १३:३७) विश्‍वव्यापी घटनाहरूले बाइबलको भविष्यवाणी पूरा भइरहेको छ भनी देखाउँछ। बाइबलले अहिले तपाईँलाई कसरी मदत गर्न सक्छ अनि तपाईँ र तपाईँको परिवारको उज्ज्वल भविष्यको लागि यसले कस्तो आशा दिन्छ भनेर बुझ्न कृपया हामीलाई सम्पर्क गर्नुहोस्‌

a AP News, “2022 Was Year the Horror of War Returned to Europe,” by Jill Lawless, December 8, 2022.

b World Food Programme, “A Global Food Crises.”

c JAMA Health Forum, “Living in an Age of Pandemics—From COVID-19 to Monkeypox, Polio, and Disease X,” by Lawrence O. Gostin, JD, September 22, 2022.

d Earth.Org, “What’s Behind the Record-Breaking Extreme Weather Events of Summer 2022?” by Martina Igini, October 24, 2022.

e Carnegie Endowment for International Peace, “Economic Anger Dominated Global Protests in 2022,” by Thomas Carothers and Benjamin Feldman, December 8, 2022.