सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JenkoAtaman/stock.adobe.com

जागा रहो!

सुन्दर भविष्यको आशा लिएर २०२३ को सुरुवात गर्नुहोस्‌—यसबारे बाइबल के भन्छ?

सुन्दर भविष्यको आशा लिएर २०२३ को सुरुवात गर्नुहोस्‌—यसबारे बाइबल के भन्छ?

 हामी नयाँ वर्ष २०२३ मा प्रवेश गरिसकेका छौँ। यो वर्ष हामी र हाम्रो परिवारको लागि शुभ रहनेछ भन्‍ने आशा गर्छौँ। हामी किन यस कुरामा ढुक्क हुन सक्छौँ?

बाइबलले हामीलाई आशा दिन्छ

 बाइबलमा हामी खुसीको समाचार पाउन सक्छौँ। हामीले अहिले सामना गरिरहेका समस्याहरू क्षणिक हुन्‌ र ती चाँडै हटाइनेछन्‌ भनेर त्यसमा बताइएको छ। हुन पनि बाइबलमा “लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि … धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”रोमी १५:४.

  •    बाइबलमा गरिएका प्रतिज्ञाहरूबारे अझ धेरै थाह पाउन “हाम्रो भविष्य उज्ज्वल छ!” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।

बाइबलको आशाले तपाईँलाई अहिल्यै मदत गर्न सक्छ

 बाइबलमा आशालाई “हाम्रो जीवनको लङ्‌गर” भनिएको छ। (हिब्रू ६:१९) यस आशाले हामीलाई स्थिर रहन मदत गर्छ। साथै अहिले भोगिरहेका समस्याहरूसित लड्‌न, सकारात्मक मनोवृत्ति राख्न र चिरस्थायी आनन्द पाउन मदत गर्छ। उदाहरणको लागि:

आफ्नो आशालाई बलियो बनाउनुहोस्‌

 मानिसहरू आफ्नो भविष्य उज्ज्वल भएको आशा गर्छन्‌ तर त्यो पूरा हुन्छ कि हुँदैन भन्‍ने कुरामा तिनीहरू पक्का हुन सक्दैनन्‌। तर बाइबलमा गरिएका प्रतिज्ञाहरू भने पक्कै पूरा हुनेछन्‌। हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने ती प्रतिज्ञाहरू यहोवा परमेश्‍वर a स्वयम्‌ले गर्नुभएको हो, जो ‘कहिल्यै झूट बोल्नुहुन्‍न।’ (तितस १:२) यहोवासित मात्र आफ्ना सबै प्रतिज्ञा पूरा गर्ने शक्‍ति छ किनकि उहाँ ‘आफूलाई जे उचित लाग्छ, त्यही गर्न’ सक्नुहुन्छ।—भजन १३५:५, ६.

 बाइबलको भरपर्दो आशाबारे अझ धेरै सिक्न हामी तपाईँलाई न्यानो आग्रह गर्छौँ। ‘होसियारीसाथ धर्मशास्त्र जाँचेर’ तपाईँ त्यस आशामाथिको भरोसालाई बढाउन सक्नुहुन्छ। (प्रेषित १७:११) चाहनुहुन्छ भने तपाईँ निश्‍शुल्क रूपमा कुनै यहोवाको साक्षीसित बाइबलबारे सिक्न सक्नुहुन्छ। यसरी सुन्दर भविष्यको आशा लिएर २०२३ को सुरुवात गर्नुहोस्‌!

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.