सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बिसाऊ न एकैछिन

बिसाऊ न एकैछिन

डाउनलोड:

  1. १. भुलेर फिक्री सारा, हेर ती जून-तारा।

    कत्ति उत्तम कुरा छन्‌ वरपर, याहकै हुन्‌ यी देन।

    निकालौँ न है समय, नियालौँ यी सबै;

    धन्यवाद यहोवा भित्री मनदेखि नै; दियौ यी उपहार।

    (कोरस)

    एकैछिन सास फेर; नियालेर हेर।

    मौका यो नफाल न खेर।

    पाउनेछौ आनन्द, हेर चारैतिर।

    बिसाउने समय

    लेऊ एकैछिन।

  2. २. चन्द्रमा पनि उदायो चिर्दै कालो अन्धकार;

    ताजगी पाउन, सधैँ रमाउन मदत दिन्छन्‌ यहोवा।

    जेसुकै सहनु परोस्‌ हुनैछैनौँ निराश।

    यहोवाको त्यो साथ जब हुन्छ आभास, पाउनेछौँ बल र साहस।

    (कोरस)

    एकैछिन सास फेर; नियालेर हेर।

    मौका यो नफाल न खेर।

    पाउनेछौ आनन्द, हेर चारैतिर।

    बिसाउने समय

    लेऊ एकैछिन।

    लेऊ एकैछिन।

    लेऊ एकैछिन।

    (कोरस)

    एकैछिन सास फेर; नियालेर हेर।

    मौका यो नफाल न खेर।

    पाउनेछौ आनन्द, हेर चारैतिर।

    बिसाउने समय

    लेऊ एकैछिन।

    (समापन)

    पाउँछौ ताजगी; लेऊ है तिमी

    बिसाउने समय।

    पाउँछौ ताजगी; लेऊ है तिमी

    रोक, बिसाउने समय

    लेऊ एकैछिन।