सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महिमा गर्छु यहोवाको

महिमा गर्छु यहोवाको

(भजन ९६:८)

डाउनलोड:

  1. १. महिमाका खानी याह,

    को छ र तिमी जस्तो?

    चाहे जे गरूँ जीवनभर,

    सकिन्‍न तिर्न गुन तिम्रो।

    गाउँछ आकाश गाथा तिम्रै,

    गर्छ महिमा धर्ती।

    सोच्छु अनि म को हुँ र,

    पाउन तिम्रो माया यत्ति।

    (कोरस)

    हे यहोवा, गाउँछु गुनगान तिम्रो,

    सुनिदेऊ स्वर्गसम्मै।

    मेरा ईश्‍वर, मेरा राजा तिमी,

    केवल तिमी छौ योग्य

    महिमा प्रशंसाको।

  2. २. तनमन, दिमाग, सारा बलले

    गरूँ हरदिन प्रशंसा।

    भलाइ, अटल माया तिम्रो,

    म गर्छु सानले घोषणा।

    सुअवसर दियौ हे याह,

    तिम्रो सेवामा रम्ने।

    बल हौ तिमी, तिमी नै ढाल,

    तिमी नै मलाई डोऱ्‍याउने।

    (कोरस)

    हे यहोवा, गाउँछु गुनगान तिम्रो,

    सुनिदेऊ स्वर्गसम्मै।

    मेरा ईश्‍वर, मेरा राजा तिमी,

    केवल तिमी छौ योग्य

    महिमा प्रशंसाको।

  3. ३. लाउँछु नजर चारैतिर,

    नियाल्छु विशाल आकाश।

    देख्छु तिम्रै बुद्धि शक्‍ति,

    हुन्छ मनमा प्रेमको आभास।

    सर्वोच्च सिंहासन तिम्रो

    अति नै गौरवशाली।

    नगरी तिम्रो महिमा

    भन बसूँ म कसरी?

    (कोरस)

    हे यहोवा, गाउँछु गुनगान तिम्रो,

    सुनिदेऊ स्वर्गसम्मै।

    मेरा ईश्‍वर, मेरा राजा तिमी,

    केवल तिमी छौ योग्य

    महिमा प्रशंसाको।

(भज. ९६:१-१०; १४८:३, पनि हेर्नुहोस्‌।)