सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सरल जीवन

सरल जीवन

डाउनलोड:

  1. १. संसारमा देख्ने सब कुरा

    भन्छन्‌ है सन्तुष्टि भए पूरा

    सजिलो छैन पाउनलाई ती

    बोक्नुपर्ला ऋणको भारी

    (कोरस)

    बनाऔँ है सरल

    हुन्छ यो जीवन खुसी

    धनभन्दा ठूलो हो सन्तुष्टि

    था’छ याहलाई,

    जे छ हाम्लाई जरुरी

    धनभन्दा ठूलो हो सन्तुष्टि

  2. २. बस्ने ठाउँ, लाउने लुगा

    भोक मेटोस्‌, पुगोस्‌ निद्रा।

    सन्तुष्टि नै रहेछ रहस्य

    पाउँछौ शान्ति याहले दिने।

    (कोरस)

    बनाऔँ है सरल

    हुन्छ यो जीवन खुसी

    धनभन्दा ठूलो हो सन्तुष्टि

    था’छ याहलाई,

    जे छ हाम्लाई जरुरी

    धनभन्दा ठूलो हो सन्तुष्टि

    (ब्रिज)

    भर परौँ याहमा नै

    छन्‌ है मायालु उनी

    बनाउनेछैनन्‌ निराश

    थाम्नेछन्‌ समाई हात

    गरौँ सानो प्रयास

  3. ३. तीन थुप्रो बोझ लौ भयो हलुको

    मन भयो खुसी, जीवन सजिलो

    अल्झाउँदैन है कुनै कुराले

    आऊ गरौँ सेवा तनमनले

    (कोरस)

    बनाऔँ है सरल

    हुन्छ यो जीवन खुसी

    धनभन्दा ठूलो हो सन्तुष्टि

    था’छ याहलाई,

    जे छ हाम्लाई जरुरी

    धनभन्दा ठूलो

    (कोरस)

    बनाऔँ है सरल

    हुन्छ यो जीवन खुसी

    धनभन्दा ठूलो हो सन्तुष्टि

    था’छ याहलाई,

    जे छ हाम्लाई जरुरी

    धनभन्दा ठूलो हो सन्तुष्टि