गीत ११३
शान्ति—हाम्रो सम्पत्ति
-
१. प्रशंसा गरौँ याहको
शान्तिदाताको।
रोक्छन् उनी युद्ध सब,
मिलाप सुरु भो।
शान्तिका राजकुमार ख्रिष्ट
शीतल छहारी;
उनको जितले ल्याउनेछ
शान्त बिहानी।
-
२. रिसराग र गालीगलौज
सबै नै त्याग्यौँ;
भाला, तरवार पिटेर
फाली बनायौँ।
चाहना यै हो भने
माफी दिइरहौँ।
शान्तिको भेष लिएर
जिन्दगी जिऔँ।
-
३. शान्ति हो सबुत यसको:
याह छन् साथ हाम्रो।
आज्ञा मान्न छौँ तयार
याह प्रभुको।
सबैलाई भन्छौँ हिँड्न
यै पथमा ऐले;
नआएसम्म शान्ति
राज्यले ल्याउने।
(भज. ४६:९; यसै. २:४; याकु. ३:१७, १८ पनि हेर्नुहोस्)