सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३३

युवावस्थामै यहोवाको उपासना गरौँ!

युवावस्थामै यहोवाको उपासना गरौँ!

(उपदेशक १२:१)

  1. १. अमूल्य छौँ हामी छोराछोरी;

    याहको आँखाको नानी हामी।

    गर्छौँ उनको सेवा मनैदेखि

    अनि पाउँछौँ आशिष्‌ जीवनभरि।

  2. २. गर्छन्‌ चिन्ता हाम्रो भविष्यको;

    गरौँ मान प्यारो आमाबाबुको।

    यसले दिन्छ यहोवालाई खुसी;

    बनाउँछौँ उनलाई मन मिल्ने साथी।

  3. ३. नबिर्सौँ याहलाई जवानीमा।

    बढ्‌दै जाऔँ अघि सत्यको प्रेममा।

    लगाउँछौँ सेवामा समय, शक्‍ति;

    बनाउँछौँ राजा याहलाई खुसी।

(भज. ७१:१७; विला. ३:२७; एफि. ६:१-३ पनि हेर्नुहोस्‌)