सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४

नयाँ राजाको जय!

नयाँ राजाको जय!

(भजन २:१२)

  1. १. भेला हुँदै छन्‌

    ठूलो भीड हरेक राष्ट्र र कुलका।

    येसु र शेष जन मिलेर

    गरे है यिनलाई जम्मा।

    याहको राज्य सुरु भो,

    धर्तीमा इच्छा पुग्ने भो।

    कति बहुमूल्य आशा यो,

    सान्त्वना र खुसी दिने।

    (कोरस)

    भन जय-जय, याह र येसुको;

    महान्‌ राजा अनि प्रभुको।

    मान्छौँ अब हामी याहकै आज्ञा,

    गर्छौँ प्रशंसा सदा।

  2. २. प्रशंसा गरौँ येसुको

    खुसीको स्वर गुञ्जाउँदै।

    शान्तिका यी राजकुमारले

    दिन्छन्‌ उद्धार हामीलाई।

    प्रतीक्षामा छौँ त्यो दिनको

    जुन हुनेछ डरविनाको

    देख्नेछौँ मृत जन ब्युँतेको!

    हुनेछ त्यो क्षण खुसीको।

    (कोरस)

    भन जय-जय, याह र येसुको;

    महान्‌ राजा अनि प्रभुको।

    मान्छौँ अब हामी याहकै आज्ञा,

    गर्छौँ प्रशंसा सदा।

(भज. २:६; ४५:१; यसै. ९:६; युह. ६:४० पनि हेर्नुहोस्‌)