सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत २

यहोवा तिम्रो नाम

यहोवा तिम्रो नाम

(भजन ८३:१८)

  1. १. हे जीवित र साँचो

    प्रभु र सृष्टिकर्ता।

    सदा सर्वदादेखि

    यहोवा तिम्रो नाम।

    गर्व गर्छौँ हामी

    तिम्रो प्रजा हुनुमा।

    सबै जाति र देशमा

    होस्‌ तिम्रै घोषणा।

    (कोरस)

    यहोवा, यहोवा!

    को छ तिमीजस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्‍वर तिमीजस्तो।

    छौ तिमी सर्वशक्‍तिमान्‌

    सबले पाऊन्‌ थाहा।

    यहोवा, यहोवा!

    तिमी नै हौ हाम्रो ईश्‍वर।

  2. २. चाहन्छौ जे तिमी

    बनाउँछौ हाम्लाई त्यही।

    तिम्रो इच्छा गराउँछौ

    यहोवा तिम्रो नाम।

    तिम्रो साक्षी भन्‍ने

    नाम नि दियौ हामीलाई।

    वहन गर्छौँ खुसी भै

    यहोवा तिम्रो नाम।

    (कोरस)

    यहोवा, यहोवा!

    को छ तिमीजस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्‍वर तिमीजस्तो।

    छौ तिमी सर्वशक्‍तिमान्‌

    सबले पाऊन्‌ थाहा।

    यहोवा, यहोवा!

    तिमी नै हौ हाम्रो ईश्‍वर।

(२ इति. ६:१४; भज. ७२:१९; यसै. ४२:८ पनि हेर्नुहोस्‌)